११ फाल्गुन २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार

जनप्रतिनिधि नै गाउँपालिकाको कार्यालय अगाडी धर्नामा

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकाको कार्यालय अगाडी जनप्रतिनिधि नै विभिन्न माग राखी धर्नामा बसेका छन् ।

गाउँपालिकाका वडाध्यक्षको नेतृत्वमा २१ जना निर्वाचित सदस्यहरु १३ सूत्रिय मागहरु राख्दै धर्नामा बसेका हुन । गाउँपालिकाको सरुअठा स्थित कार्यपालिकाको कार्यालय अगाडी वडा नम्वर २ का वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा १ देखि ५ वडाका २१ जना सदस्यहरु बुधवार विहान १० बजे देखि धर्नामा बसेका छन ।

संघर्ष समितिका संयोजक समेत रहेका यादवका अनुसार गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल समेतको मिलोमतोमा कानुन विपरित काम गरिरहेको पाइएकाले आन्दोलित हुनु परेको हो ।

पालिकाबाट हुने हरेक काम पार्दर्शीता, निष्पक्षता, मितव्यतिता, सुशासनमैत्री हुनु पर्ने उनले बताए ।आर्थिक बर्ष २०७९ देखि ८२ सम्मको गाउँ सभाको निर्णय, कार्यपालका बैठकको निर्णय, लेखा परिक्षण प्रतिवेदन , गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीहरुको नियुक्ति र त्यसको प्रक्रिया लगायत माग गरिएको उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष महमद सउदले गाउँ सभा गर्ने तयारी समेत भै रहेकाले विरोध नगर्न सुझाव दिए । गाउँसभाबाट मागहरु पारित भएपछि विचार गरेर दिनुपर्ने सूचना उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।आउदो ६ गते गाउँ सभा गर्ने तयारी थालेको समेत उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि