५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार

भोटेकोशी बाढीमा सम्पर्कविहीन हुने १८ जनाको पहिचान खुल्यो

काठमाडौं । रसुवाको रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान अन्दाजी ३ बजेतिर गोसाइकुण्ड गाउँपालिकावडा नम्बर दुई मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको हो।

सम्पर्कविहीन हुनेमा ३ प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । बेपत्ता भएका तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।

चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन्।

त्यस्तै तीन जना गाडी चालक समेत बेपत्ता छन्। बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्। लामा, मोक्तान र तामाङ गाडी चालक हुन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरीको टोली खटिएको छ।

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको