रौतहट। रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालसहित सुरक्षा निकायका प्रमुखहरूले मानवसेवा आश्रम राैतहट शाखामा पुगेर आश्रितहरूको अवस्था अवलोकन गर्नुका साथै बेलुकाको भोजन सेवा प्रदान गर्नुभएको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी भुसालसँगै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख रविन कार्की, जिल्ला सशस्त्र प्रहरी बलका प्रमुख रामहरि अधिकारी, जिल्ला राष्ट्रिय अनुसन्धान ब्युरोका प्रमुख कुमार बुढाथोकीलगायत राष्ट्रसेवक कर्मचारीहरूकाे सहभागितामा आश्रमको अनुगमन तथा सेवामूलक कार्य सम्पन्न भएको हो।
अवलाेकनका क्रममा आश्रममा आश्रित व्यक्तिहरूको बसोबास, स्वास्थ्य अवस्था तथा सेवा व्यवस्थापनबारे जानकारी लिइएको थियो।
आश्रमले मानवीय सेवामा साथ, सहयोग र आत्मीयता प्रदान गर्नुहुने आश्रमका अभिभावकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारीदिनेश सागर भुसालज्यूसहित सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेको छ। आश्रमलाई प्राप्त हुने यस्ता सहयोग र सद्भावले सेवा सहजीकरणमा थप ऊर्जा मिल्ने गरकाे छ ।
मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रितव्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र पुनर्स्थापनाका लागि निरन्तर सेवा गर्दै आइरहेको छ।







