वीरगञ्ज। मानवसेवा आश्रम वीरगञ्ज शाखाले मंगलबार राति रात्रिकालीन सडकसेवा सञ्चालन गरेको छ। कठ्याङ्ग्रिदो जाडोमा वीरगञ्जको सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका १३ जना बेवारिसे व्यक्तिहरू उद्धार गरिएको हाे।
उद्धार अभियानमा मानवसेवा आश्रमको सहकार्यमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्वयसेवकहरू लगायतकाे सक्रिय सहभागिता रहेको थियो।
मानवसेवा आश्रमले बेवारिसे व्यक्तिको उद्धार अभियान निरन्तरता दिँदै आएको छ। यसअन्तर्गत हिजो राति उद्धार गरिएका केही व्यक्तिहरू वास्तविक सहयोगापेक्षी नभएकाले घर पठाइएको छ।
दिनभरि कबाड व्यापार गरी राति मादक पदार्थ सेवन गर्ने र सडकपेटीमा अव्यवस्थित रूपमा बस्ने व्यक्तिहरूलाई गरिएकाे हाे ।
मानवसेवा आश्रमले आगामी दिनमा पनि यस्तो अभियानलाई निरन्तरता दिँदै, स्थानीय प्रशासन र समुदायसँग सहकार्य गरी सहयोगापेक्षी व्यक्तिहरूलाई उद्धार गर्ने योजना बनाएको छ।
मानवसेवा आश्रम खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गरिरहेका बेसहारा, असहाय, अशक्त,अभिभावकविहीन तथा शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलन सेवामा समर्पित रहँदै आएकाे छ ।







