११ फाल्गुन २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार

३ किलोभन्दा बढी गाँजा सहित थिङ पक्राउ

रौतहट । रौतहट प्रहरीले ३ किलोभन्दा बढी लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र प्रहरी चौकि रंगपुरको संयुक्त टोलीले गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नं. २ टोल बस्ने बर्ष ५५ को गोपाल बहादुर थिङ रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाले बताए ।

उनका अनुसार लागु औषध गाँजा खरिद बिक्री बितरण गरी रहेको भन्ने बिषेश सुचनाका आधारमा प्रहरी टोलि  थिङको घरमा पुगेको हो ।

घरको विभिन्न कोठाहरुमा लुकाईछिपाई राखेको ३ किलो ५० ग्राम लागु औषध गाँजा बरामद गरिएको उनले जानकारी दिए ।

प्रहरी टोलि नेपाली रु. ७८ हजार ३५ र भा.रु. ६१० रकम फेला पारेको जनाएको छ । पक्राउ परेका  थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य भै रहेको  इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि