११ फाल्गुन २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व सङ्कलन

वीरगञ्ज पर्सा, ३ भदौः वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व सङ्कलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७ दशमलव ६८ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

भन्सार विभागले कार्यालयलाई साउन महिनामा रु २० अर्ब ९८ करोड २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवको साउन महिनामा भने रु १५ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए । विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि