१२ फाल्गुन २०८२, मंगलवार
मधेश मुख्‍य समाचार समाचार

सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी

रौतहट । रौतहटको गुजरा नगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले तालाबन्दी गरेका छन् ।

लामो समयसम्म पनि सामाजिक सुरक्षा र बालपोषण भत्ता रकम नपाएको भन्दै उनीहरुले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गुजरा नगरपालिकाले एनआईसी एशिया बैंक सिमरा भवानीपुर शाखामार्फत सामाजिक सुरक्षा भत्ताको रकम बितरण गर्दै आएको छ ।

नगरपालिकाले गएको असार ११ गते बैकको खातामा सामाजिक सुरक्षा भताको रकम जम्मा गरेको थियो । सामाजिक सुरक्षा भत्ता समयमा नै दिने उदेश्यले बैकमा जम्मा गरेपनि अहिलेसम्म नपाउनु दुखद भएको गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदय नारायण देबकोटाले बताए ।

आफू यस कार्यलयमा हाजिर भएर आएपछि पहिलो प्रथामिकता सामाजिक सुरक्षा भत्ता बितरण लाई दिएको उनले उल्लेख गरे ।

एक वर्षदेखिको बालपोषण भताको रकम बैंकले वितरण नगरेको स्थानीयले बताएका छन । सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकले कर्मचारीको अभाव देखाउने गरेको उनीहरुको गुनासो छ ।

ज्येष्ठ नागरिकको भत्ताको  लागि नगरपालिकाले  ५ करोड रकम जम्मा गरेको थियो भने  बालपोषणको लागि ९४ लाख रुपंैयाँ बैकमा छ । एनआईसी एशिया बंैकका शाखाका म्यानेजर सदेउ प्रवेजले बिविध कारणले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको बताए ।

तालिका प्रकाशन हुन ढिलाइ भएकाले भत्ताको रकम बितरणमा ढिला भएको उनको भनाइ छ । अब छिटै बितरण गरिने उनले जानकारी दिए ।

गुजरा नगरपालिकाको तथ्याक अनुसार ३ हजार ३ सय ज्येष्ठ नागरिक र ५ हजार ४ सय बालपोषण भत्ता बुझ्ने संख्या रहेका छन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि