Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मधेश प्रदेशमा औंलोका आयातित बिरामीले गर्दा निवारणमा चुनौती

नेपाल न्युज बैंक
8 घण्टा अघि

जनकपुर । मधेश प्रदेशमा औंलोका आयातित बिरामीका कारण निवारणमा चुनौती थपिएको छ । प्रदेशस्तरीय औंलो निवारण निर्देशक समितिको बिहीबार जनकपुरधाममा बसेको अद्र्धवार्षिक बैठकमा प्रस्तुत गरिएको तथ्यांकहरुले आयातित बिरामीले मधेशमा औंलो निवारणमा चुनौती थपिएको देखाएको हो ।

 

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले खुला सीमानाले औंलो रोग निवारणमा चुनौती थपिएको बताए । मन्त्री सिंहले खुला सीमानाले आंैलो निवारणका लागि लिएको लक्ष्य पूरा हुन नसकेको तर्क गरे ।

 

सन् २०१६ देखि २०२५ भित्र नेपालबाट औंलो निवारण गर्ने राष्ट्रिय लक्ष्य थियो । तर, अझै औंलोका बिरामी फेला पर्ने गरेकालाई सन् २०३० सम्म औंलो शुन्यमा झार्ने लक्ष्य तय गरिएको छ ।

 

खुला सीमानाकाले आवतजावत सहज रहेकाले भारतबाट औंलोको बिरामी नेपालमा आउने गरेको छ, उनले भने–सीमानाकामै जाँच गर्ने व्यवस्था मिलाइएको हो । तर, आवतजावत बढी रहेकाले सीमानाकामा जाँच प्रभावकारी हुन सकेको छैन् ।

 

आंैलोका आयातित बिरामी बढी रहेकाले यसलाई सीमानाकामै रोक्ने उपाय गर्नुपर्नेमा मन्त्री सिंहले जोड दिए । स्थानीय बिरामी न्युन छ, उनले भने–तथ्यांकहरुले आयातित बिरामीको संख्या बृद्धि भएको देखाएको छ ।

 

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले ज्वरोको लक्ष्ण देखिएमा स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिए । जाँचमा हेलचक्रयाईले गर्दा औंलोको बिरामी बढ्ने गरेकाले समस्या देखिएमा जाँच गराउनुपर्ने धारणा उनको थियो । खुला सीमानाका चुनौती रहेकाले नागरिकले आफैपनि स्वास्थ्य जाँचमा गंभीर बन्नुपर्ने धारणा उनले व्यक्त गरे ।

 

बैठकमा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले औंलो जस्तो रोग निवारणमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेकाले यसमा जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । विगतमा गाउँ गाउँमा खटिने कर्मचारी, मलेरिया इन्स्पेक्टर लगायतको पद खारेज भइसकेकाले अव ल्याबका कर्मचारीहरुले नै आंैलो जाँचमा तदारुकता देखाउनुपर्ने धारणा उनको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया