५ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

लागूऔषधसहित एक युवक पक्राउ

रौतहट । रौतहटको गौरबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । ई–रिक्सामा राखी सेतो रंगको प्लास्टिकभित्र हर्लिक्स लेखिएको निलो रंगको कुटको डब्बामा लुकाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध प्रहरीले बरामद गरेको हो ।

 

चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय चालक अजय विकलाई लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए । उनका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई–रिक्सालाई गौर नगरपालिका–३, बीपी चोकबाट रोकी चेकजाँच गर्दा विकलाई प्रहरीले पक्राउ गरेको हो ।

 

लागूऔषधसहित पक्राउ परेका विकलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।प्रहरीका अनुसार लागूऔषध फेनेरागन इन्जेक्सन ११० एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन ११० एम्पुल, सेरेज्याक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल र डाइजेपाम इन्जेक्सन ४६ एम्पुल बरामद गरिएको छ ।

 

प्रहरीले विकको बयानको आधारमा बसका कर्मचारीलाई समेत पक्राउ गरी सोधपुछ थालेको जनाएको छ । यस घटनाकाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि