१४ कार्तिक २०८२, शुक्रबार
खेलकुद

हङकङसँग ४ विकेटले हार्‍यो नेपाल, इमर्जिङ टिम्स एसिया कप पनि गुमाउने

८ वैशाख, काठमाडौं। नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ । योसँगै नेपालले आगमी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी२० एसिया कप पनि गुमाउने भएको छ ।

हङकङसँगै फाइनलमा पुगेका युएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसँग खेल्नेछन् ।

१४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हङकङका अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्कासहित ६५ रनमा नट आउट रहे । नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे ।

बाबर हायत २६, अजिज खान १२, यासिम मुर्तजा र अदित गोरावारा ९–९ रनमा आउट भए । नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । त्यसअघि ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट ग्राउण्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रले तीव्र गतिका बलर अजिज खानलाई समान दुई चौका र छक्कासहित कुल २० रन जोडेका थिए ।

अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल ०, आसिफ शेख ५, सोमपाल कामी १२, रोहित पौडेल २१, सन्दीप जोरा २२, कुशल मल्ल १३, गुलशन झा ६ र करण केसीले ३ रनमा आउट भए ।

हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।

नेपालले पहिलो सेमिफाइनल खेलमा युएई ६ विकेटले पराजित हुँदै एसिया कप खेल्ने अवसर गुमाएको थियो । हङकङ सेमिफाइनल खेलमा ओमानसँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

नेपाल समूह ए मा सबै चार खेलमा जितका साथ समूह विजेताको रुपमा सेमिफाइनल खेलेको थियो । हङकङ समूह ए बाट नै २ खेलमा जितका साथ नेटरनरेटमा कतारलाई पछि पारेर खेलेको थियो ।

एसिया कपमा पुग्न आइतबार फाइनलमा युएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले भने अव घरेलु मैदानमा वेस्टइन्डिज ए सँग पाँच टी२० खेल खेल्नेछ । पहिलो खेल अर्को शनिबार हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected