हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/04/Nepal-VS-Hongkong2-1200x700.jpg)
३ वैशाख, काठमाडौं । हङकङले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो ।
कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/04/Nepal-VS-Hongkong.jpg)
प्रतिक्रिया दिनुहोस्