१२ श्रावण २०८१, शनिबार
खेलकुद मुख्‍य समाचार

चार देशीय टी-२० सिरिज : नेपालले आज हङकङसँग खेल्दै

५ भदौ, काठमाडौं । मलेसियामा आजदेखि सुरु हुने चार देशीय महिला टी-२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ ।

नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुनेछ । खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ ।

यही अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप चारदेशीय टी-२० सिरिज खेल्न लागिएको हो ।

नेपालले सन् २०१९ यता हङकङलाई हराउन सकेको छैन । त्यसैले हङकङलाई पराजित गर्दै नेपाल सिरिजमा सुदख सुरुआत गर्ने योजनामा छ ।

गत जुनमा भएको इमर्जिङ कपमा भने नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित हुँदा रद्द भएको थियो ।

२०१९ मा टी-२० विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

यस्तै २०२१ मा भएको टी-२० विश्वकप एसिया क्वालिफायरमा भने नेपाल हङकङसँग पराजित भएको थियो । यस्तै गत वर्ष भएको एसीसी महिला टी-२० च्याम्पियनसिपमा पनि नेपाल हङकङसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्