१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाज

‘अनुसन्धानको सुई घरको ढोकामा पुगेपछि संविधानको याद आयो ?’

२८ असार , काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको घेरामा परेपछि नेकपा एमाले र कांग्रेसले रातारात सहमति गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो बल्ल संविधानको याद आएको भनेर कटाक्ष गरे । रास्वपाका मन्त्रीहरुले राजीनामा नदिएर सरकारमा टाँसिएर बसेको भन्ने आरोपप्रति आपत्ति जनाउँदै उनले […]

मुख्‍य समाचार राजनीति

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा न्यायाधीशको रायबाझियो

२१ असार, काठमाडौं । गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतकादुई न्यायाधीशको रायबाझिएको छ । सर्वोच्चकान्यायाधश द्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो। दुई सदस्यीय इजलासमा राय बाझिएकाले अब तीनवा सो भन्दाबढी न्यायाधीश सम्मिलित इजलासमा सुनुवाइ हुने सर्वोच्च कासह रजिष्टार वेदप्रसाद उप्रेतीलेजानकारी दिए । सारंगा सुवेदीले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने (राजीनामा) परमादेश […]

मुख्‍य समाचार राजनीति समाचार

मनसुनजन्य विपद्सँग जुध्न गृहमन्त्री लामिछानेले खोजे दलहरुको साथ

२४ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्को सामनाका लागि राजनीतिक दलहरुको साथ खोजेका छन् । गृहमन्त्रालयमा बिहीबार राजनीतिक दलहरुसँगको छलफलमा उनले विपद्को समयमा अति जोखिममा पर्ने बस्तीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नका लागि आवश्यक पहल तुरुन्तै गरिने बताए । उनले भने, ‘अति जोखिम भएको स्थानमा बस्ने नागरिकहरुलाई स्थानान्तर गर्ने र त्यसको लागि सेल्टरहरुको […]

मुख्‍य समाचार समाज

महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई ४ दिन बिदा , मापसे कारबाहीमा परेकालाई सडकमा खटाइने

१५ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको बताएका छन् । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने छन् ‘उनले भने’। लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि […]

मुख्‍य समाचार राजनीति

मैले संसद्‌मा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री

३१ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे संसदमा आफू बोल्न पाउनुपर्ने बताएका छन् । त्यसपछि संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने उनले बताएका छन् । सहकारी अनयमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको […]

मुख्‍य समाचार राजनीति

कांग्रेसको माग कानुनसम्मत छैन : एमाले सचेतक बर्तौला

३० वैशाख, गण्डकी । प्रमुख प्रतिपक्षी दलको माग अनुसार गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा छानबिन गर्न संसदीय समिति बन्न नसक्ने दाबी एमालेले गरेको छ । घिमिरेले आइतबार बोलाएको कानुनमन्त्री र प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो दाबी गरेका हुन् । कांग्रेसले गरेको संसदीय छानबिन समिति गठनको माग कानुनसम्मत नभएकाले […]

मुख्‍य समाचार समाचार

संसद नचले त्यसको जिम्मा सरकारले लिनुपर्ने

२८ वैशाख, काठमाडौं ।प्रतिनिधि सभा बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकाले संसदीय समिति नबनेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन चल्न नदिने बताएको छ । बिहीबार सुरु भएको बैठकको बर्खे अधिवेशनको पहिलो बैठकमा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस संसद चल्न दिने कुरामा गम्भीर भएको उल्लेख गर्दै छानविन समिति नबनेसम्म संसद नचले त्यसको जिम्मा सरकारले […]

मुख्‍य समाचार राजनीति

संसद्मा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन

२५ वैशाख , काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने माग राख्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संघीय संसदका सभामुख घिमिरेलाई सम्बोधन गर्दै दिएको लामिछानेको निवेदन सचिवालयमा दर्ता गरिएको छ । ‘संघीय संसदको गत अधिवेशनमा मंैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरुले विभिन्न प्रश्नहरु उठाउनु भएको थियो । […]

मुख्‍य समाचार राजनीति

नेविसंघले जलायो गृहमन्त्रीको पुत्ला

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् । नेपाली कांग्रेसले सहकारी ठगीमा लामिछानेको नाम मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । हालै नेपाल […]

मुख्‍य समाचार राजनीति

राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।   ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।   त्यसक्रममा केही पक्राउ परेका छन् । ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी […]