१ कार्तिक २०८३, शनिबार
अर्थ

भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद, सिनामंगलबाट एकजना पक्राउ

३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । उनले भने, ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

नेपाल प्रहरीलाई रूपान्तरण गर्न रणनीतिक योजना तयार हुँदैछ : महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीलाई नवीनतम प्रविधिले सुसज्जित, व्यावसायिक र सक्षम संगठनका रूपमा रूपान्तरण गर्न रणनीतिक योजनासहित काम भइरहेको बताएका छन् । ७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समारोहलाई सम्बोधन गर्दै उनले कर्तव्य फालनाका क्रममा घाइते तथा अशत्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सेवा निवृत्त अग्रजहरूको योगदानको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार गर्नेछौं : गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको बताएका छन् । ७१ औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ कानुनमार्फत प्रहरी कर्मचारीको सेवा अवधि, वृत्ति विकास र सेवा सुविधामा ठोस परिवर्तन गरिने घोषणा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

काठमाडौं । प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान ६ बजेसम्म गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरू प्राकृतिक विपदका कारण प्रभावित भएका हुन् म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–०२, बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना छ । हाल कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल, लुम्बिनी प्रदेश लगातय बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली […]

बागमती मुख्‍य समाचार विशेष समाचार

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी तराई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ऊर्जा मन्त्रालयका छ महिनाका उपलब्धि सार्वजनिक, ऊर्जा उत्पादनदेखि बाढी पूर्वसूचनासम्मका काममा प्रगति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण, नवीकरणीय ऊर्जा र विपद् पूर्वसूचना प्रणालीका क्षेत्रमा भएका प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले चाडपर्वको शुभकामना आदानप्रदान तथा छ महिनाको उपलब्धि प्रस्तुतीकरण कार्यक्रममार्फत नीतिगत सुधार, ठूला आयोजना कार्यान्वयन, विद्युत् प्रसारण पूर्वाधार विस्तार, सिँचाइ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। समितिको बैठक बुधबार बिहान ८ः३० बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने तय भएको छ। बैठकमा लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि प्रस्तावित डा. मंचला कुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित जीज्ञान कुमार थापा र साउदी अरबका […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीको आराधना गर्नाले दुःख र कष्टबाट मुक्ति मिल्नुका साथै शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका हुन् । विश्वभरका अर्थमन्त्री सहभागी हुने ऊक्त बैठकका त्रममा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ । सञ्चारमाध्यममा उनीसँग सम्बन्धित श्रव्य सामग्री (अडियो) र विभिन्न गम्भीर आरोपहरू सार्वजनिक भएपछि पार्टीले छानबिन प्रक्रिया अघि बढाएको हो । छानबिन नसकिँदासम्मका लागि सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन  

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सोमबार गरिएको अनुगमनका क्रममा कैफियत भेटिएका ३ वटा फर्मलाई जरिवाना गरिएको छ भने ३ वटालाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने 

काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सूदुरपश्चिम प्रदेशको […]