१४ माघ २०८२, बुधबार
अर्थ

भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद, सिनामंगलबाट एकजना पक्राउ

३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । उनले भने, ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ, १४ माघः विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिङ निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । मन्त्रिपरिषद्ले माघ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४ माघः नेपाल राष्ट्र बैंकले आज बुधबार का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी, १४ माघ : पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कँुदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा सङ्कटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताए […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अनुमगनको क्रममा कैफियत फेला परेपछि एक फर्मलाई जरिवाना

काठमाडौँ, १४ माघ : नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५१ हजार जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई रु ५१ हजार जरिवाना गरेको छ । विभागले काठमाडौँ, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो

काठमाडौँ, १४ माघः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा

काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौंको सिफल उकालोमा मंगलबार स्मृति सभा गरिएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृति सभा गरिएको हो । सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । […]

बागमती मुख्‍य समाचार समाचार

विदेशी सम्बन्धन कलेजहरुले शैक्षिक शोषण गरेको सरोकारवालाहरुको आरोप

काठमाडौं । विदेशी सम्बन्धन प्राप्त केही कलेजहरुले गलत क्रियाकलाप गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । उनीहरुले ब्रिटिश कलेजलागायतले पछिल्लो समय गरेका केही क्रियाकलापहरुको विरोध गरे । सोमबार पीडित विद्यार्थीको सहभागितमा अखिल क्रान्तिकारीले गरेको अन्तरक्रियामा विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न मागसमेत गरेका छन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष बिरेन्द्र शाहले विदेशी सम्बन्धन प्राप्त कलेजहरुले नेपालमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न, प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो । समानुपातिकतर्फका मतपत्र आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिका आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि ती वस्तुमा १५ प्रतिशत शुल्क लाग्दै आएको थियो । सामाजिक सञ्जाल टुथ सोशल मार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले दक्षिण कोरियाली संसद्ले अमेरिकी पक्षसँग गरिएको “ऐतिहासिक व्यापार सम्झौता” अनुमोदन नगरेको भन्दै शुल्क वृद्धि […]

कोशी मुख्‍य समाचार समाचार समाज

अस्पतालमै छोडिएको नवजात शिशु बालआश्रममा

उर्लाबारी । लेटाङ नगरपालिका–८ निवासी १६ वर्षीया किशोरीबाट जन्मिएको नवजात पुरुष शिशुलाई आमाले अस्पतालमै छाडेर गएपछि उर्लाबारी–७ स्थित नमुना बालआश्रममा अस्थायी संरक्षणमा राखिएको छ । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीका अनुसार माघ ९ गते उक्त शिशुको जन्म भएको थियो । जन्मपछि आमाले शिशुलाई अस्पतालमै छाडेर सम्पर्कविहीन बनेपछि शिशु बेसहारा अवस्थामा परेको थियो । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रियसभा बैठक आज बस्दै, दुई समिति प्रतिवेदन पेस हुने

काठमाडौं । आज संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि स्थगित भएको राष्ट्रियसभा बैठक माघ ४ गतेदेखि पुनः सुरु भएको हो। आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१’ सम्बन्धी विधायन […]

बागमती मुख्‍य समाचार समाचार

संविधान पुनर्लेखन र आत्मनिर्भर अर्थतन्त्र हाम्रो एजेन्डा: धनराज शाही

काठमाडौं–१ मा गुलाब चिन्हसहित धनराज शाही, समाजवादलाई संसदमा प्रयोग गर्ने दाबी काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) संसदीय प्रणालीको आलोचक दलका रूपमा परिचित छ । सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएको यो दल अहिले भने प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ […]