२५ आश्विन २०८३, आईतवार
अर्थ

भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद, सिनामंगलबाट एकजना पक्राउ

३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । उनले भने, ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो […]

मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेस बदल्न संस्कार, सोच र काम गर्ने तरिका बदल्नुपर्छ : गगन थापा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ बनाउन संस्कार, सोच्ने तरिका, संगठन गर्ने शैली, निर्णय प्रक्रिया र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताएका छन् । शनिबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूलाई प्राप्त जिम्मेवारी व्यक्तिगत विजय नभई परिवर्तनप्रतिको विश्वास भएको बताए । उनले आफूले चमत्कार गर्ने वाचा नगरे पनि इमानदार प्रयास […]

अर्थ मुख्‍य समाचार विशेष समाचार

गण्डकी र लुम्बिनीमा ‘सूचना महामार्ग’ निर्माणका लागि प्राधिकरण र टेलिकमबीच सम्झौता 

काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोषको परिचालनमार्फत गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग निर्माणका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच समझदारी भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् […]

अर्थ मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

धितोको साटो सम्भावना हेरेर लगानी : महिला उद्यमशीलता प्रवद्र्धन गर्न एक अर्बको ‘सिम्रिक इनिसिएटिभ’ शुभारम्भ

काठमाडौं । महिला उद्यमीहरूको पूँजी, कर्जा र बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’औपचारिक रूपमा सुरु गरेको छ। परम्परागत बैंकिङ प्रणालीमा घरजग्गा धितो राख्न नसकेकै कारण लगानीबाट वञ्चित भइरहेका सम्भावनायुक्त महिला उद्यमलाई प्राथमिकता दिने लक्ष्यसहित यो पहल अघि बढाइएको हो। ललितपुरस्थित द प्लाजामा शुक्रबार आयोजित कार्यक्रममा संयुक्त […]

अर्थ मुख्‍य समाचार विशेष समाचार समाचार

खुला पहुँचको मोडलले विद्युत् सस्तो बनाउँछ : अध्यक्ष धिताल

काठमाडौं । विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले विद्युत् क्षेत्रमा खुला पहुँच (ओपन एक्सेस) को व्यवस्था लागू हुँदा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले सस्तोमा बिजुली पाउने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खुला पहुँचको उद्देश्य विद्युत् व्यापारमा धेरै खरिदकर्ता र विक्रेता सहभागी गराई प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नु रहेको बताए । ‘प्लेयरहरू […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन, भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेश तथा हीरक महोत्सव २०८३ समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । ‘आधुनिक विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको […]

मुख्‍य समाचार राजनीति समाचार

परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ?

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार नेपाल फर्किएका छन् । भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ । […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका संयोजक शशांक कोइरालाले राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्ने बताएका छन् । कांग्रेस काठमाडौं जिल्ला प्रदेश तथा क्षेत्रीय अधिवेशनमा बोल्दै उनले राजनीतिमा सबैलाई मिलाएर अघि बढ्ने क्रममा आफ्नो विचार नै धमिलिन सक्ने भन्दै आफ्नो स्पष्ट नीति र दृष्टिकोण आवश्यक रहेको बताएका हुन् । उनले राजनीतिमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

श्रम र जनशक्ति मात्र होइन अब सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ : सञ्चारमन्त्री 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्। शुक्रबार नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उनले युवाको ज्ञान, सीप, सिर्जनशीलता र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप र एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट तथा सामग्रीमार्फत हवाई भाडादरबारे भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ। न्यूनतम भाडादरमा टिकट […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल देशका पहाडी र हिमाली भूभाग, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाँउमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् । योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि जुर्मुराएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दसैँ भित्र्याउन घर पुग्ने सोचमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ 

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको सपथ लिएकी छिन् । बिहीबार पार्टीको कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकाबीच भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ गराएका हुन् । असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो । भण्डारीले बरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि […]