१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

हिले–जलजलेमा कृत्रिम ताल निर्माण

धुलिखेल काभ्रेपलाञ्चोक, १७ भदौः यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो । सोही स्थानमा अब उद्यान निर्माण गरिने र तालमा डुङ्गा सञ्चालन गर्ने योजना बनाइएको छ । घिमिरेगाउँका स्थानीय बासिन्दा केशवप्रसाद घिमिरेले ताल निर्माणसँगै सो […]

बागमती मुख्‍य समाचार समाचार

चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि

काठमाडौँ, १७ भदौः आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु […]

बागमती मुख्‍य समाचार समाचार

फूलखेतीबाट आत्मनिर्भर बन्दै शुलभ

चितवन, १७ भदौः यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुटेका छन् । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी बज्रदन्ती र जिप्सीको व्यावसायिक खेती सुरु गरेका हुन् । यी फूलहरू विवाह, व्रतबन्ध, भोजभतेर र महत्त्वपूर्ण कार्यक्रममा सजावटमा प्रयोग हुने गर्छन् । विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती […]

कोशी मुख्‍य समाचार समाचार

सामुदायिक वनक्षेत्रमा पर्यापर्यटनको गविविधि बढ्दै

झापा, १७ भदौ : कोशी प्रदेशका नौवटा जिल्लाका ५४ सामुदायिक वनले आयआर्जन गर्ने उद्देश्यले पर्यापर्यटनको गतिविधि सञ्चालन गरिरहेका छन् । जसमध्ये आधाभन्दा बढी सिमसार क्षेत्र छन् । पर्यटक आकर्षित गर्ने यी सामुदायिक वनमध्ये २३ वटा झापामा छन् भने नौवटा सुनसरी र सातवटा मोरङमा छन् । उदयपुरमा पाँच, धनकुटामा तीन, तेह्रथुममा तीन, इलाममा दुई, ताप्लेजुङमा एक […]

बागमती मुख्‍य समाचार समाचार

बाढीमा बगेर दुई युवकको मृत्यु

रसुवा, १७ भदौः दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो । गत आइतबार […]

बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेशसभा बैठकः लिपुलेकको सम्बन्धमा कूटनीतिक प्रयास जारी राख्न सुझाव

मकवानपुर, १७ भदौः बागमती प्रदेशसभाको बैठकको शून्य समयमा प्रदेशसभाका १० सदस्यले मुलुकको सार्वभौमिकता र राष्ट्रियताप्रति छिमेकी राष्ट्रले व्यापारीक मार्ग खुलाउन गरेको लिपुलेक सम्झौता खारेज गर्न प्रदेश सरकारले सङ्घीय सरकारसँग सहकार्य गरेर कूटनीतिक प्रयास जारी राख्न सुझाव दिएका छन् । बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूले नेपालको भूभाग लिपुलेक, कालापानी, गुन्जी लगायतका क्षेत्रमा भारतीय पक्षबाट भएको हस्तक्षेपले […]

कर्णाली मुख्‍य समाचार

‘लोक सेवा पहुँच कार्यक्रम देशका सातै प्रदेशमा

कर्णाली, १७ भदौः लोक सेवा आयोगले देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको छ । आयोग स्थापनाको ७५औँ वर्षका अवसरमा प्रदेश, स्थानीय तह र विश्वविद्यालयहरूको समन्वय तथा सहकार्यमा देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको लोक सेवा आयोग सुर्खेत कार्यालयका प्रमुख रुद्रबहादुर कार्कीले जानकारी दिए । आयोगको कार्यतालिका अनुसार सोमबार कोशी […]

बागमती मुख्‍य समाचार

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, १७ भदौ : दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ : १३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो । आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

कर्मचारीको अवकाशको उमेरहदसम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

काठमाडौँ, १७ भदौः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको उमेरहद सम्बन्धी आफूले यसअघि राखेको प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा नभएको प्रष्ट पारेकी छन । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा उनले छलफलकै क्रममा आफूले राखेको प्रस्ताव कुनै एक कर्मचारीको स्वार्थमा केन्द्रित नभएको प्रष्ट पारेकी हुन् । अवकाशको उमेरहदका विषयमा धेरै छलफल भयो, सबैले […]

बागमती मुख्‍य समाचार समाचार

थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ, १७ भदौः थाइल्याण्डको राजधानी बैङ्ककमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरले ‘पाटा ट्राभल मार्ट–२०२५ मा नेपाल पभेलियन’मार्फत पर्यटन प्रवर्द्धन र उल्लेखनीय ब्राण्ड पहिचान स्थापित गरिएको हो । नेपाल पर्यटन बोर्डले नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र १४ निजी पर्यटन कम्पनीसँगको सहकार्यमा गत अगस्ट २६ देखि २८ सम्म […]

मुख्‍य समाचार लुम्बिनी समाचार

श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ

अर्घाखाँची १७ भदौः यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए । छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ । सोमबार १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको नेप्से परिसुचक मंगलबार भने ०.७२ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको छ । सोमबार ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ […]