१६ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कुनै सम्झौता हुँदैन् : मन्त्री सिन्हा

काठमाडौं । नवनिर्वाचित कानुन,न्याय तथा संसदीय मामिलामन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले कानुन निर्माणको सन्दर्भमा पहिलो प्राथमिकता भनेको तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको भन्दै त्यसमा कुनै सम्झौता नहुने बताए । कानुनी विषयमा केही संशोधन गर्नुपर्ने अवस्था […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नक्खु कारागार नजिक आगजनी रोक्न खोजेको हुँ, गलत आरोप लगाइयो : प्रवक्ता झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरुको छानविनका लागि सहयोग गर्ने बताएको छ । मंगलबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले अरु पार्टीले आफ्ना कार्यकर्ता बचाउन अग्रसर रहेको भन्दै रास्वपाले भने अनुसन्धानमा राज्यलाई सघाउने बताएका हुन् । उनले आन्दोलनका क्रममा आफ्ना पार्टीका केही कार्यकर्ताहरुको तस्विर र […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

आमाको सपना’मा डेविड, सबिन, बेनिशा र सरुको स्वर

काठमाडौँ । ‘आमाको सपना’ बोलको राष्ट्रिय भावले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरिएको छ । गायकद्धय डेविड शंकर, सबिन सुवेदी  र गायिकाद्धय बेनिशा पौडेल,  सरु गौतमको स्वर रहेको राष्ट्रिय गीतमा बरिष्ठ साहित्यकार नारद पोखरेलका शब्द शृजना छन् । दीपक शर्माको संगीत सृजना रहेको गीतले देशको पछिल्लो अवस्थालाई समेत नजिकबाट चित्रण गरेको गीतकार पोखरेल बताउँछन् । पुरुषोत्तमम […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भू–उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाइनेः मन्त्री सिन्हा

काठमाडौँ, ७ असोजः भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रियाअघि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै भूमिव्यवस्थामन्त्री सिन्हाले हालसम्म भूमि सुधारका क्षेत्रमा थुप्रै काम भए तापनि कित्ताकाट रोकिएका कारण विकाससम्बन्धी काम प्रभावित भएकाले सहजीकरणका पक्षमा संशोधन गरिएको स्पष्ट गरे । उनले भने, “विशेषगरी कित्ताकाट रोकिएको […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरमा चाडपर्वमा वन सुरक्षा गर्न द्रुत प्रतिकार्य टोली परिचालन

कञ्चनपुर, ७ असोजः चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कञ्चनपुरको कुण्डा सब–डिभिजन वन कार्यालयअन्तर्गत द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको छ । वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार टोली गठनको मुख्य उद्देश्य वन्यजन्तुको उद्धार, वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण, वन क्षेत्रको नियमित गस्ती, वन पैदावार चोरी निकासी रोकथाम र वन संरक्षणलाई प्रभावकारी […]

बागमती मुख्‍य समाचार समाचार

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

मलेखु धादिङ, ७ असोजः अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिए। उनका अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन । डोजरले पन्छाउँदै जाने पहिरो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौँ, ७ असोजः निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालन लगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मन्त्री घिसिङसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं, ७ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालस्थित संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनाका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको […]

अर्थ बागमती मुख्‍य समाचार

५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा उक्लेको छ । यस अघिको कारोबार आईतबार नेप्से परिसुचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको थियो । यसदिन कुल ३२८ स्टकको ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार […]

मधेश मुख्‍य समाचार समाचार

चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ

वीरगञ्ज पर्सा, ७ असोजः पर्सामा अवैध चोरी पैठारी र निकासी नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडाइ गरिएको छ । चालु आर्थिक वर्षको दुई महिना बित्दा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेन । भन्सार विभागले कार्यालयलाई चालु आवको दुई महिनामा ४३ अर्र्ब तीन करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले पेन डाउन गरेका छन् । उपमहानगरपालिकाका उपमेयर किशोरी साहले रक्सी खाएर कर्मचारीहरुलाई गाली गरेको भन्दै कर्मचारीहरुले मंगलबार (आज) पेन डाउन गरेका छन् । सोमबार (हिजो) घटस्थापनाको दिन प्रत्येक वर्ष झैं उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो । सो यात्राबाट फर्केर आएका महिला कर्मचारीसहित उपमहानगरपालिकका अन्य कर्मचारीहरु पालिका प्राङ्गनमा निर्माण गरिएको टेन्टमुनि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाँईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् । उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरु जेनजीका बच्चाहरुले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैंले एउटा पोष्ट गरें । यो भष्ट्रचार विरुद्धको आन्दोलन, तस्कर लखेट्ने आन्दोलन भएको […]