२५ असार २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

ईभी नीतिमा मापदण्ड र बहस आवश्यक ः मन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका श्रम तथा यातायातमन्त्री जयराम थापाले विद्युतीय सवारी (ईभी) को प्रवद्र्धनमा सरकार गम्भीर रहेपनि आवश्यक पूर्वाधारको अभावका कारण समस्या देखिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२’ कार्यक्रममा बोल्दै मन्त्री थापाले ईभीको महत्वपूर्ण पक्षहरूप्रति सकारात्मक भए पनि चार्जिङ स्टेशनको पहुँच, गाडीको सर्भिसिङ तथा पाटपुर्जा व्यवस्थापन जस्ता कुरामा ठूलो चुनौती रहेको उल्लेख गरे । ‘ईभीको धेरै राम्रो पक्षहरू छन्, तर चार्जिङ स्टेशनको अभाव र सर्भिस तथा पाटपुर्जामा समस्या देखिएको छ,’ मन्त्री थापाले भने, ‘यी समस्याको समाधान खोज्नुपर्छ। केन्द्रीय सरकारले एकीकृत मापदण्ड तयार गर्नुपर्छ, र मापदण्ड कस्तो बनाउने भन्नेबारे छलफल हुनुपर्छ ।’ उनले नेपालको दिगो विकासको लक्ष्यलाई ध्यानमा राख्दै सहभागितामूलक बहस र नीति निर्माण अपरिहार्य रहेको धारणा राखे । यसैगरी आजपनि बागमती प्रदेशभित्र ३५ देखि ४० लाख खात गाडी किनेको फाइल रहेको बताए । कार्यक्रममा पद्य ज्योति ग्रुप अफ कम्पनीजका अध्यक्ष सौरभ ज्योतिले पनि विद्युतीय सवारी मात्र नभइ हाइड्रोजन फ्युल सेल, सोलार र हाइब्रिड सवारीसाधनलाई समेत क्लिन इनर्जी भेइकलको रूपमा लिनुपर्नेमा जोड दिए । ‘ईभीले प्रदूषण कम गर्छ र पेट्रोलियम आयातमा हुने विदेशी मुद्रा बचाउँछ, तर यसका अतिरिक्त अन्य प्रविधिहरू पनि वातावरणमैत्री छन्,’उनले भने, ‘२००३ मै ई१० नीतिको घोषणा र बजेट विनियोजन गरिए पनि २०२५ सम्म कार्यान्वयन नहुनु नीतिगत कमजोरी हो । अब हामी ई २० जस्ता विकल्पमा जान सक्ने अवस्थामा छौं, जसले समग्र राज्य र उपभोक्तालाई फाइदा पु¥याउँछ ।’      

अर्थ बागमती मुख्‍य समाचार समाचार

लगातार घट्दै नेप्से, कारोबार रकममा पनि कमी

काठमाडौं । यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब १४ करोड […]

बागमती मुख्‍य समाचार राजनीति

गोदावरीमा एमाले नेता–कार्यकर्ताको जमघट : तर निराश छन् स्थानीय व्यापारी

काठमाडौं । ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ । महाधिवेशनका कारण सडकमा जाम हुने र आवतजावतमा असजिलो भएपछि गोदावरी घुम्न जाने पर्यटकहरु पसलसम्म नआएकाले बिक्री घटेको पसलका सञ्चालकहरु बताउँछन् । महाधिवेशनका लागि आएका प्रतिनिधिहरुको लागि खाना र खाजाको व्यवस्था […]

बागमती मुख्‍य समाचार समाचार

नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो–२०२५ आयोजना हुँदै

काठमाडौं । अहिलेसम्मकै बृहत अष्ट्रेलियन शैक्षिक मेला २०२५ काठमाडौंमा आयोजना हुने भएको छ । ’स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आगामी भदौ अन्तिम साता नायर अष्ट्रेलियन एजुकेशन एक्स्पो २०२५ आयोजना हुन लागेको हो । नेपाल एसोसिएशन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेसेन्टेटिभ्स (नायर) को आयोजनामा हुने उक्त शैक्षिक मेला आगामी भदौ २९ गते काठमाडौंको नयाँ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ । सम्मेलनमा देशभरका महिला सरकारी वकीलहरू सहभागी हुँदैछन् । हाल सरकारी वकील समूहमा कार्यरत ५२१ जना वकीलहरूमध्ये १४८ जना […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ट्रक यातायात व्यवसायी महासंघको अधिवेशन मंसिरको अन्तिममा गर्ने निर्णय

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मंसिर महिनाको अन्तिमसम्म गर्ने निर्णय गरेको छ । शनिबार बसेको महासंघको केन्द्रिय कार्यसमितिको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो । बैठकले स्वदेशी तथा विदेशी ट्रकहरूले कानूनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेको र यसले सडक तथा पुल संरचनामा क्षति पु¥याउनुका साथै दुर्घटनाको जोखिम बढाइरहेको निष्कर्षसमेत […]

प्रदेस समाचार मुख्‍य समाचार विशेष समाचार

संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध हो’

प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृपक्ष आउँछ । यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता एवम श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन । पितृपक्षका १६ दिन विभिन्न तिथिहरूमा विभिन्न कारणले मृत्यु भएका पितृहरूको श्राद्ध गरिन्छ । उनीहरूको आत्मालाई शान्ति मिलोस् भनेर सम्मान, कृतज्ञता र योगदानलाई स्मरण गर्दै आशीर्वाद लिने गरिन्छ । सोह्रश्राद्ध जसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ । सोह्रश्राद्धको महिनाभर चोखो निधो गर्नुपर्ने पण्डित डा.उत्तम लोचन न्यौपानेले बताए । उनले  श्राद्ध गर्ने मान्छेले करिब २४ घण्टा अगाडि कपाल खौरिनु पर्ने, देउता वस्त्र अनुसार धोती धारणा गर्ने, एक छाक शुद्ध खाने र स्नान गर्नपर्ने बताए । उनले श्राद्धमा महिलाको भूमिका सबैभन्दा धेरै हुने बताए । उनले श्राद्धमा ९० प्रतिशत भूमिका  रहने बताए । उनले नारीहरुको कर्मको प्रभावको कारणले गर्दा खुशी, उत्साह र उमङ्ग पितृहरुले प्राप्त गर्र्ने समेत बताएका छन् । ‘जो श्राद्धकर्ता हो, उसले करिब १२–१५ घण्टा अगाडि अर्थात् २४ घण्टा अगाडि कपाल खौरिनुपर्ने हुन्छ अनि देउता वस्त्रमा धोती धारणा गर्नुपर्छ । सकेसम्म सेतो वस्त्र लगाउने, एक छाक शुद्ध खाने, स्नान जस्ता कर्महरु गर्नुपर्छ । पहिलो दिन पितृको स्मरण गर्ने अनि भोलिपल्ट श्राद्धका कर्महरु विशेष रुपले गर्नुपर्छ । विशेष गरेर श्राद्धमा महिलाको को ९० प्रतिशत नै भूमिका रहन्छ’, उनले भने । महिलाहरुले बिहान चारबजे उठेर घरलाई लिपपोत गर्ने, चोख्याउने कर्म गरेर त्यसपछि भोजन बनाउने कार्यहरु गर्नुपर्ने हुन्छ  । ती सारा काम गरेर पनि जति इष्टमित्रहरु, कुल कुटुम्ब, दाजुभाइहरु आदीलाई खुवाईपियाइ गरेर राति अबेरसम्ममा भाँडाहरु माझेर सबै थनक्याउनुपर्ने बाध्यतामा पर्छन । त्यसैले पनि महिलाको भूमिका बढी देखिन्छ । नारीहरुको कर्मको प्रभावका कारण पितृहरुले खुशी, उत्साह र उमङ्ग प्राप्त गर्न गर्छन् भन्ने विश्वास पनि छ,’ उनले भने । उनले पितृलाई विशेष सेतो–पहेंलो बढी मनपर्ने, सेतो–पहेंलो फूलहरु चढाउनुपर्ने पनि बताए । सोह्रश्राद्धका दिनमा जसले श्राद्ध गरिदिन्छ र श्राद्ध लिन भनेर पितृहरु लोकमा आउने भएकाले श्राद्ध गरिदिनले हर्षोल्लास वा आनन्दका साथ, भक्तिका साथ अर्पण गर्नाले पितृले आशिर्वाद दिने पनि बताए । ‘पितृका लागि विशेष गरेर सेतो–पहेंलो कपडा वा फुलहरु बालुवाका आकृतिहरु, गंगाजल, आफ्नो खेतीबाट उब्जनी भएका अन्नहरु दान गर्ने, आलु, चामल आवश्यक पर्छ । १६ श्राद्धका दिनहरुमा पितृहरु अब मेरो नातीले या मेरा सन्तानले वा जसले श्राद्ध गरिदिन्छ श्राद्ध लिन भनेर पितृहरु लोकमा आउँछन् भन्ने विश्वास छ,’ उनले भने । उनले सोह्रश्राद्धमा जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन रहेको बताए ।  श्राद्धका १६ दिनसम्म रहने दिवंगत पितृहरुलाई मात्र नभई जुनसुकै शुभकार्य गर्दा वा विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गर्नपर्ने चलन रहेको बताए । ‘भाद्र शुक्ल पुर्णिमा पर्यन्त १६ दिनसम्म आश्विन कृष्ण प्रतिपदा आश्विन कृष्ण औसी पर्यन्तसम्मको र प्रतिपदादेखि सोह्रश्राद्ध प्रारम्भ हुन्छन् । उक्त समय दिवंगत पितृहरु साथै तीन पुस्ताको स्मरण गरिन्छ । जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन छ । श्राद्धका क्रमहरु जुन १६ दिनसम्म रहने दिवंगत पितृहरुलाई वा जुनसुकै शुभकार्य गर्दा श्राद्धका विधिहरु अपनाइन्छ । जस्तै विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गरिन्छ चाहे कुमारीको होस् चाहे कुमारको । श्राद्ध अर्थात् शुभकार्य गर्दा पहिले पितृलाई बुझाउँछौं । त्यसपछाडि देवकर्म पक्षका कामहरु गरिन्छ । त्यस कारण श्रद्धासाथ गरिने विषयलाई नै श्राद्ध भनेर भनिन्छ ।’ उनले तीन पुस्ता भित्रकाहरुका लागि तिथि मानेर पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलनहरु अर्थात सोह्रश्राद्धको नियमहरु रहेको बताए ।  पिताको तिथि अगाडि आयो भने पिताकै तिथिमा श्राद्ध गर्ने प्रचलन रहेको छ । यदि हजुरबाको तिथि अलि चाँडै आयो हजुरबाकै तिथिमा गर्ने पनि रहेको छ । यदि बुढो हजुरबाको आयो भने तीन पुस्ता भित्रका तिथि आयो भने पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलनहरु अर्थात सोह्रश्राद्धको नियमहरु रहेका छन् । उनले सोह्रश्राद्धभरी शंख घण्ट बजाउन नहुने बताए । नवरात्र प्रारम्भ भए पछाडि दुर्गाको लागि उत्साह र उमंगका साथ मठमन्दिर जाने शंखघण्ट बजाउने, रातो वस्त्रहरु लगाउने चलन रहेको समेत बताए । ‘सोह्रश्राद्धभर शंख घण्ट बजाउन पनि हुँदैन । शालिग्रामको पूजा गर्दा शंखघण्ट पनि बजाउन भएन । जब नवरात्र प्रारम्भ हुन्छ त्यस पछाडि दुर्गाको लागि उत्साह र उमंगका साथ मठमन्दिर गएर शंख घण्ट बजाउने, रातो वस्त्रहरु लगाउने लगायतका कर्महरु गर्न पाइन्छ,’ उनले भने । त्यस्तै अर्का पण्डित विदुरलोचन न्यौपानेले सोहश्राद्धभरि शुद्ध पवित्र खानुपर्ने  माछा–मासु, लसुन, प्याज, यसको सम्झन नहुने भन्दै व्रत बस्दाखेरि घाम अस्ताउनु भन्दापूर्व शुद्ध पवित्र खाना खानुपर्ने बताए । सोह्र दिनसम्म नै स्नान, संध्या, वन्दनादी कर्म गरेर शुद्ध पवित्र हुनुपर्छ भन्ने शास्त्रीय मान्यता रहि आएको सुनाए । उनले सोह्रश्राद्धमा आफ्ना इष्ट–मित्र, नाता–गोता, बन्धु वर्ग, विशेष गरेर ब्राम्हणहरू, वेदाध्यायी ब्राम्हणहरू, कन्या कुमार र आफ्ना नातिहरू, पनातीहरू, मामाहरूले भान्जालाई बोलाएर खुवाउनाले लोकमा बस्नुभएका पितृहरूले जीवनमा कुनै प्रकारको अप्ठ्यारो नपरोस भनेर आशिर्वाद प्राप्त हुने बताए । त्यसरी श्रद्धा गर्नाले लोकमा बस्नुभएका पितृहरूले जीवनमा कुनै प्रकारको अप्ठ्यारो नपरोस भनेर पितृले आशिर्वाद प्रदान गर्ने विश्वास छ । संसारमा सबैभन्दा ठूलो कर्म भनेको श्राद्ध भएकाले यदि श्राद्ध गरिदैन्, पितृलाई मानिदैन भनियो भने कुनै प्रकारको धर्मकर्म गरेको अर्थ नहुने उनले बताए ।  

बागमती मुख्‍य समाचार समाचार

भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया 

रामेछाप । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भूमि समस्या समाधानको लागि वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार भूमि समस्या समाधान आयोग रामेछापसँगको छलफलमा बोल्दै मुख्यमन्त्री बानियाले भूमि सम्बन्धी समस्या समाधानको लागि सरकारले आयोग बनाएको बताए । आयोगलाई काम गर्ने क्रममा धेरै समस्या भएको बताउँदै उनले ती समस्या समाधान गर्न वाग्मती प्रदेश सरकारको तर्फबाट सबै प्रयास गरिने बताए । कार्यक्रममा भूमि समस्या समाधान आयोग रामेछापका अध्यक्ष गौतमकुमार लामाले आयोगले जिल्लामा हालसम्म गरेका काम र काम गर्ने क्रममा आएका चुनौती बारे मुख्यमन्त्री बानियालाई जानकारी गराएका थिए । समस्या सुनेपछि मुख्यमन्त्री बानियाले आफूले समस्याा सुनेको बताउँदै त्यसको समाधानको लागि सक्दो प्रयास गर्ने बताए । ‘मैले यहाँका समस्या सुने, समस्या समाधानका लागि के गर्न सकिन्छ सुझाव पनि पाइयो, यहाँबाट फर्किएपछि समस्या समाधानको लागि जे गर्न सकिन्छ म गर्छु’, उनले भने । कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, आयोगका जिल्ला सदस्यहरू लगायतको सहभागिता थियो ।  

मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

निजामती दिवसमा मार्तडी बजारको फोहर संकलन गरियो

बाजुरा ।  बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरे निजामती सेवा दिवस २०८२ मनाइएको हो । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम गरेर दिवस मनाइएको हो । २२ औं निजामती सेवा दिवस ‘व्यवसायिक र सिर्जनशिल प्रशासन,विकास,समृद्धि र शुसासन’ भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रमसंगै मार्तडी बजारको फोहर संकलन गरेर कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए । उनका अनुसार, निजामती सेवा दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमसंगै मार्तडीमा बजारको फोहर संकलन, अस्पताल बाजुरामा उपचाररत रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाइएको बताएका छन् । साथै कार्यक्रममा उपस्थिति सम्पुर्ण निजामती कर्मचारीलगायत पत्रकारहरुको स्वास्थ्य परीक्षण समेत गरेर दिवस मनाइएको सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलले बताए। अस्पताल बाजुरामा उपचाररत रहेका करिब २७ जना बिरामीहरुलाई दिवसको अवसरमा फलफूल वितरण समेत गरिएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले निजामती सेवाको मूल्य–मान्यता, नैतिकता, सदाचारिता, र निष्ठाजस्ता गुणको पालना गरी नागरिकको सेवामा प्रतिबद्धता हुन आग्रह गरेका हुन्। २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाईदै आएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा दिवस मनाईने गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावत, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिध, जिल्ला स्थित निजामती कर्मचारीहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।  

बागमती मुख्‍य समाचार विशेष समाचार

सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने

काठमाडौं । नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ । सरकारको निर्णयका विषयमा जवाफ माग गर्ने कांग्रेस नेताहरुले प्रतिक्रिया दिएका छन् । आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ललितपुर महानगरले विकास समितिका दुई भवनमा डोजर चलायो

काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको छ । महानगरले ती भवनहरू सार्वजनिक योजना अन्तर्गतको क्षेत्रमा परेकाले हटाउनु परेको जनाएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, भवनहरू डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) अनुसारको विकास कार्यक्षेत्रभित्र परेकाले भत्काउनु अपरिहार्य भएको बताए । ‘बुद्धिविकास मंगल र क्षयरोग निवारण […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्विकार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । उनले युद्धको अवस्था हेर्दा मस्को असम्भव स्थान भएको भन्दै पुटिनलाई युक्रेनको राजधानी कीभमा वार्ताका लागि बोलाएका छन् । अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘म यस आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन हरेक दिन मिसाइल आक्रमण र गोलाबारीमा परेको छ,’उनले थपे,‘यदि पुटिन साँच्चै वार्ता गर्न चाहन्छन् भने कीभ आउनुपर्छ ।’ यसअघि पुटिनले आफू वार्ताका लागि तयार रहेको तर केवल मास्कोमै सम्भव हुने बताएका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोको निम्तो ‘वार्ताका लागि हो, आत्मसमर्पणका लागि होइन’ भनेका थिए । तर जेलेन्स्कीले मास्कोको निम्तोलाई वार्ता अस्वीकार गर्ने तरिका भएको टिप्पणी गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लामो समयदेखि दुई नेताबीच प्रत्यक्ष भेटवार्ताको दबाब दिइरहेका छन् । उनले हालै अलास्कामा पुटिनसँगको शिखर बैठकको मुख्य उद्देश्य पनि यही भएको बताएका थिए । ट्रम्पका अनुसार जेलेन्स्कीको वाशिङटन भ्रमण र युरोपेली नेतासँग छलफलपछि वार्ता सम्भव हुने भए पनि, मस्कोले थप सर्त राख्दै युक्रेनी शहरहरूमा आक्रमण तीव्र बनाएपछि प्रक्रिया रोकिन पुगेको हो । जेलेन्स्कीले क्रेमलिनले व्यक्तिगत वार्ता सम्भावनाको विकल्प सार्वजनिक गरेको कुरा मात्र पनि एउटा उपलब्धि भएको बताए । तर, उनले निरन्तर आक्रमण भइरहँदा वार्ता हुन नसक्ने दोहो¥याए । यसैबीच, जेलेन्स्कीले सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले एकहजार तीनसय भन्दा बढी ड्रोन, करिब नौ सय मार्गदर्शित बम र ५० भन्दा बढी विभिन्न प्रकारका क्षेप्यास्त्र युक्रेनमा प्रहार गरेको जनाए । यी आक्रमणहरूले देशका १४ वटा प्रदेश प्रभावित पारेको उनले बताए । वार्ता प्रक्रिया रोकिनुका बारेमा टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले भने,‘केही न केही हुन्छ, तर उनीहरू अझै तयार छैनन् । हामी त्यसलाई गराउँछौँ ।’ तर उनले अमेरिकाले स्वीकार गर्ने समयरेखा भने खुलाएनन् । एएनआई