१६ आश्विन २०८३, शुक्रबार
मधेश मुख्‍य समाचार समाचार

धनुषाका प्रहरी निरीक्षक ओमप्रकाश यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

सर्लाही । धनुषा जिल्लास्थित इलाका प्रहरी कार्यालय यदुकुहाका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवलाई २०८२ साल असोज महिनाको ‘उत्कृष्ट प्रहरी पुलिस अफ द मन्थ’ घोषित गरिएको छ । निरीक्षक यादवले पछिल्लो अवधिमा १४ जना फरार प्रतिवादी पक्राउ गरी कानूनी कारबाही अघि बढाउनुका साथै हुण्डी कारोबारमा संलग्न दुई जना भारतीय नागरिकसहित रु. १ लाख ४७ हजार भारतीय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था आएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघको अनुगमनमा पुगेका मन्त्री खरेलले मुलुकलाई वर्तमान समस्याबाट निकालेर सही दिशामा लैजान सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए । ‘मुलुकलाई ट्रयाकभन्दा बाहिर जान दिनुहुँदैन, जसरी भए पनि ट्रयाकमा ल्याउनुपर्छ,’ मन्त्री खरेलले भने, ‘पत्रकारहरुलाई चौथो अंग […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिनुकासाथै स्थानीयसँग छलफल गरेका थिए । करिब ७२३ मिटर […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनबारे प्रधानमन्त्री र सभाका अध्यक्षबीच छलफल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगी एक तिहाई सांसदहरुको अवधि सकिएको र ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने विषयमा छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हाम्रो मूख्य विषय माघमा एक तिहाई सांसदहरुको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काउन्सिलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा अनुभूति दिलाउने गरी काम गरोस्ः मन्त्री खरेल

काठमाडौँ, २६ असोजः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उहाँले आमनिर्वाचन आउँदै गरेको तथा राजनीतिक दलका गतिविधि बढिरहेका बेला काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

झापा, २६ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गरेका छन् । उनले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गरेका हुन । बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने […]

मुख्‍य समाचार लुम्बिनी समाचार

विश्वविख्यात धावक केन्याका जोन केलाई नेपालगन्जमा

नेपालगन्ज । विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्णपदकधारी केन्याका जोन केलाई नेपालगन्ज आइपुगेका छन् । धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा उनी नेपालगन्ज आएका हुन् । धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भिम ओलीले लिजेन्ड धावक जोनलाई स्वागत गरे । धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

हरेक काम जनतासँग जोडिएर गर्न मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली, २६ असोजः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरेक काम जनतासँग जोडिएर गर्नुपर्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी र निर्वाचित जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा उनले आफूलाई राम्रो लाग्ने काम नभई जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने काममा ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले भने, जनताले समर्थन गर्ने काम […]

बागमती मुख्‍य समाचार समाचार

एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन

काठमाडौं । नेपाली फुटबल प्रेमीहरुले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आइतबार समर्थकहरूले ‘फुटबल जनताको हो, कुनै व्यक्तिको होइन’ भन्ने नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी अनुप मगरले एन्फा सुतिरहेको भन्दै प्रदर्शनमार्फत आफूहरुले उठाएर काममा लगाउने उद्देश्यले सडकमा उत्रिएको बताए । ‘फुटबललाई माया […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन भोलीबाट सुरु हुने भएको छ । जसपा नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत असोज २७ र २८ गते जनकपुरधाममै प्रदेश अधिवेशन हुने जानकारी दिएको छ । अधिवेशनमा ५ सय प्रतिनिधि तथा एक सय पर्यवेक्षकको सहभागिता रहने प्रदेश अध्यक्ष बालकिशोर यादवले जानकारी दिए । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो

एजेन्सी । चिनियाँ कफी अन्तर्राष्ट्रिय बजारमा रोजाइमा परेको छ । देशको सबैभन्दा ठूलो कफी उत्पादन गर्ने क्षेत्र, दक्षिणपश्चिम चीनको युनान प्रान्तको कफीले निर्यात मात्रा र मूल्यमा तीव्र वृद्धिसँगै विदेशमा सफलता पाउँदै गएपछि चिनियाँ कफी रोजाइमा परेको हो । बाओशान शहरको प्रशोधन कार्यशालामा, विभिन्न ग्राहकको प्राथमिकताका आधारमा कफीको दाना भुट्ने गरिन्छ । जसको दैनिक उत्पादन लगभग […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु

एजेन्सी । हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ ।  अन्य १७०,०३३ जना घाइते भएका छन् । गाजाका स्वास्थ्य अधिकारीहरुका अनुसार  विगत २४ घण्टामा ११६ शव फेला पारेका छन्  । अस्पतालहरूमा ३५ शव र ७२ प्यालेस्टिनी घाइते भएका छन् । कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या ४६३ […]