१६ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्था आँधीको प्रभावका कारण नेपालमा पनि उच्च हिमाली भेगमा हिमपात, धेरै क्षेत्रमा झरी हुन सक्छः बरुण पौडेल

काठमाडौं । अहिले देशभरि नै साधारणतया बदलीको अवस्था रही उच्च हिमाली भूभागमा हिमपात भइरहेको छ । यसको कारण भारतको आन्ध्र प्रदेश हुँदै आएको ‘मन्था’ नामक आँधीको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् । यसको प्रभाव शनिबारसम्म नेपालभर देखिने मौसम पूर्वानुमान छ । बंगालको खाडीमा बनेको मन्था आँधी जमिनमा कमजोर भए पनि त्यसको असर नेपालसम्म पुग्ने संकेत […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रिक्त राष्ट्रियसभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । उनले भने, ‘राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिको लागि माग ११ गते […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो

काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको छ । बजार बढेको मौकामा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि करेक्सन देखिएको हो । बुधबार नेप्से परिसूचक ५.१७ अंक घटेर २,५६६.१६ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स १.५६ अंकले कम भएको छ भने फ्लोट इन्डेक्स ०.५७ अंक र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कम्युनिस्ट एकताको आवश्यकता छ तर स्पष्ट आधार बिना सम्भव छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट सैद्धान्तिक तथा संगठनात्मक आधार निर्माण नभइकन पार्टी एकता सम्भव नहुने बताएका छन् । बुधबार बसेको बैठकमा उनले मुलुक संक्रमणकालीन अवस्थामा रहेको, लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता तथा सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीहरू […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संकटको घडिमा एकजुट हुन जरुरी छ, आत्मनिन्दा कम गर्नुपर्छ ः प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रको एकता र आत्मविश्वास सुदृढ गर्न आग्रह गरेका छन् । वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक विषयमा केन्द्रित’ कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका मतभेदलाई छोडेर एकताको आवश्यकता रहेको बताए । उनले अहिले देश गम्भीर संकटमा रहेको र यस्तो अवस्थामा कांग्रेस नेतृत्वले संगठनलाई सशक्त र एकताबद्ध बनाउनुपर्ने बेला आएको बताए । उनले भने, ‘पार्टीको मूल मर्म र भावनालाई बुझेका मान्छेहरू मात्रै सक्रिय सदस्य हुन्छन् । सक्रिय सदस्यहरूले नै पार्टी नेतृत्व गर्छन्, हाम्रो पद्धति त्यही हो । अहिले हाम्रो बहस विशेष महाधिवेशन मंसिरमा भन्ने छ, त्यो नै अचुक औषधि जस्तो हो ।’ महतले संकटको समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप नगरी एकताबद्ध हुन आग्रह  गरे । उनले भने, ‘हामीमा कमीकमजोरी अवश्य छन्, त्यसको हिस्सेदार म पनि हुँ । अहिले हामी एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन ।’ सामाजिक सञ्जालमा फैलिने नकारात्मक टिप्पणी र राजनीतिक अविश्वासको संस्कृतिप्रति पनि उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘राजनीतिमा सबै खत्तम हुन्, सबै बदमास हुन् भन्ने प्रवृत्ति बनेको छ । यस्तो नकारात्मक भाष्य सामाजिक सञ्जालमार्फत जबरजस्ती सम्प्रेषित भइरहेको छ ।’ उनले कांग्रेसभित्र आत्मनिन्दा र आत्मविश्वासको कमी देखिएको बताउँदै थपे, ‘जति कमीकमजोरी छ, त्यो भन्दा बढी आत्मनिन्दा भएको छ । त्यसैले कांग्रेसजनको आत्मबल कमजोर भएको छ । अब सुशासन र सुधारका पक्षमा ठोस रूपमा उभिनु आवश्यक छ ।’ महतले पार्टीले आगामी विशेष महाधिवेशनलाई संगठनात्मक सुधार र एकताको अवसरका रूपमा लिनुपर्ने बताए ।

मुख्‍य समाचार लुम्बिनी समाचार

देउसी भैलो खेलेर क्यान्सर पीडितलाई सहयोग

बर्दिया । बर्दियाको बढैयातालमा देउसी भौलो खेलेर क्यान्सर पीडित महिलालाई युवाहरूले आर्थिक सहयोग गरेका छन् । बढैयाताल गाउँपालिका वडा नं ८ पशुपति बजारका युवाहरूले सोही वडाकी क्यान्सर पीडित ४५ वर्षीया रेखा नेपालीलाई सहयोग गरेका हुन् । भैलो कार्यक्रममा सङ्कलित रकमबाट समूहले  नेपालीलाई नगद  रु. १० हजार सहयोग उपलब्ध गराएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित ४५ […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन

सुदूरपश्चिम, १२ कात्तिकः विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने उद्देश्य बोकेका धनगढी उपमहानगरपालिका ५ तारानगरका २३ वर्षीय गौरव जोशीको निधनपछि उनको परिवार सहाराविहीन भएको छ । गत भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा छोराको निधन भएपछि बुवा वासुदेव जोशीसहित परिवार सहाराविहीन भएको हो । गौरवको कन्चटमा गोली लागेको थियो । […]

गण्डकी मुख्‍य समाचार समाचार

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

मनाङ, १२ कात्तिकः गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान चार हजार ९१९ मिटर मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ पाँच हजार ४१६ मिटर पदयात्रामा आएका पर्यटकका लागि सहज बन्दै गएको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल र ८ नम्बर वडास्थित अन्नपूर्ण संरक्षण क्षेत्र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पार्टी विभाजनको औचित्य पुष्टि भएको छ : अध्यक्ष नेपाल

काठमाडौँ, १२ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु भएको छ । बैठकको आरम्भ गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेनजी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टी एमालेबाट […]

गण्डकी मुख्‍य समाचार समाचार

रारातालमा आन्तरिक–बाह्य पर्यटकको घुइँचो लाग्दा राजस्वमा वृद्धि

मुगु । दशैं–तिहार सकिनासाथ कर्णाली प्रदेशको मुगुमा अवस्थित प्रसिद्ध राराताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । देशकै सबैभन्दा ठूलो र गहिरो ताल मानिने राराताल कर्णालीको पर्यटन मुटुका रूपमा परिचित छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार साउनदेखि असोज महिनासम्म मात्र २ हजार ३४७ जना आन्तरिक तथा २७ जना बाह्य […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

काठमाडौँ, १२ कात्तिक ः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तरराष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्लीमा रहनुभएका घिसिङ र भारतीय समकक्षी खट्ठरबीच आज भेटवार्ता भएको उहाँको सचिवालयले जनाएको हो । विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली तनहुँ, १२ कात्तिकः गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ५१ दिनपछि आजदेखि राहदानीको काम […]