२४ असार २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

सरकार मिति तोक्ने तर निर्वाचन नगराउने बाटोमा छ: प्रवक्ता सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सपाकोटाले केही दलहरु चुनावबाट भाग्न खोजिरहेको र सरकारले पनि मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको आरोप लगाएका छन् । विहीबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै सापकोटाले वर्तमान सरकारले जेनजीको मर्मभन्दा फरक ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तैः भएकोसमेत भएको सापकोटाले बताए । ४३ औं ‘विश्व खाद्य […]

मुख्‍य समाचार समाचार स्वास्थ्य

चिकित्सकहरुको शिप परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा मेडिसिटीमा सम्पन्न

काठमाडौं । विश्वभर मान्यता दिइने चिकित्सकहरुको शिप तथा ज्ञानको परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा नेपालमा चौंथो पटक नेपाल मेडिसिटीमा सम्पन्न भएको छ । असोज २८ गतेबाट सुरु भएको परिक्षा (आज) असोज ३० गते सम्पन्न भएको हो । एमआरसिपी युके पेसेस चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त भएकोले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकाले निर्वाचनको वातावरण नबनाएकोमा दलहरु चिन्तित

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो । छलफलका क्रममा नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले शान्ति सुरक्षालाई […]

मुख्‍य समाचार राजनीति समाचार

नियमित महाधिवेशनमै समझदारी \गर्न कावा सभापति खड्काको जोड

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर बुझाइएको सन्दर्भमा उनले नियमितमै जोड दिएका हुन् । पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिए । उनले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको बताउँदै त्यसमा […]

अर्थ समाचार

नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक घटेर बन्द भएको छ । यसअघि दुई कारोबार दिन लगातार घटेको नेप्से आजपनि १८.४० अंकले घटेर २४८७.१७ अंकमा झरेर बन्द भएको हो । यसदिन कुल ३११ स्टकको ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको छ । ३६ हजार […]

मुख्‍य समाचार राजनीति समाचार

मंसिरभित्रै महाधिवेशन गर्न डा. शेखरको माग, निर्वाचनमार्फत जेनजीको भावना सम्बोधन गर्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् । अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र कांग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्नेमा उनको जोड थियो । विहीबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै नियमित महाधिवेशनमा जोड दिएका हुन् । उनले विशेष महाधिवेशनका […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मन्त्रिपरिषद् बैठक: राजदूतहरु फिर्ता, १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार

काठमाडौं । असोज ३० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टी टोनर ट्रस्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकि डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । उनले भने, ‘असोज […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको सपथ

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज मधेश प्रदेश प्रमुख कार्यालयमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनललाई सपथ ग्रहण गराएकी हुन् । मुख्यमन्त्री सोनलको सपथ ग्रहणसंगै दुई वटा बिना विभागीय मन्त्रिहरुलाई सपथ ग्रहण गराईएको छ । विना विभागीय मन्त्रिहरुमा जनमत पार्टीका […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सभामुखले राजनीतिक ‘कू’ गर्न खोजे : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सभामुख देवराज घिमिरेले राजनीतिक ‘कू’ गर्न खोजेको आरोप लगाएका छन् । बुधबार सभामुख घिमिरेले दलका प्रतिनिधिहरुसँग संसद पुनस्र्थापनाबारे गरेको छलफलबारे धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् । बस्नेतले भने, ‘प्रतिनिधिसभा विघटन र वर्तमान सरकारको गठन जेनजी आन्दोलनका उपज हुन् । प्रत्यक्ष निर्वाचित […]

मुख्‍य समाचार राजनीति समाचार

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाडौं । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ । आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराइने छ । गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि […]

अन्तर्राष्ट्रिय समाचार

हमासले थप दुई जनाको शव बुझायो, इजरायलले ४५ प्यालेस्टिनी बन्दीको शव फर्कायो

काठमाडौं । हमास र इजरायलबीच भएको युद्धविराम तथा कैदी साटासाट सम्झौताअन्तर्गत बुधबार थप शवहरूको आदानप्रदान गरिएको छ । बुधबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) मार्फत इजरायललाई दुई जना बन्धकको शव हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । शवहरू तेल अभिवस्थित फरेन्सिक केन्द्रमा पहिचानका लागि लगिएको बताइएको छ । यसअघि सम्म हमासले इजरायललाई १० […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का महाधिवेसन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको जेनेरेशन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा राखेका छन् । बिहीबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गर्दै उनले पछिल्लो समय सामाजिक […]