२२ असार २०८३, सोमबार
कोशी मुख्‍य समाचार समाचार

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर, २७ कात्तिकः भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित सेनेटरी प्याड वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो । गाउँपालिकाले हालसम्म बाह्र सामुदायिक विद्यालय मध्ये नौ विद्यालयमा मेसिन जडान गरिसकेको र बाँकी विद्यालयमा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ […]

बागमती मुख्‍य समाचार समाचार

हेटौंडामा तोडफोड र आगजनी गर्ने ५ जना पक्राउ

मकवानपुर । मकवानपुरमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र आपराधिक उपद्रवमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जनालाई अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोराका अनुसार आन्दोलनकाक्रममा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य  

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, आलु सेतो प्रतिकिलो […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन कर्णाली याशविस महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । लगातार चौथो खेलमा अपराजित रहँदै कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फाइनलमा प्रवेश गरेको हो । जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधवारबाट काठमाडौंमा सुचारू भएका छन्। बुधबार भएको खेलमा कर्णाली याशविसले मधेश युनाइटेडलाई ३–० को सेटमा […]

बागमती मुख्‍य समाचार समाचार

मौसम पूर्वानुमान : आज मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११:१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिनको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा आज नेपाल र राजस्थानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली टिम आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो । कप्तान इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ । आज सुरु भएको खेल नोभेम्बर १९ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना भएपनि बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको बताएका हुन् । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

समृद्धिको अभिभारा नेपाली कम्युनिष्ट पार्टीले पूरा गर्नुपर्छः नेता रावल

काठमाडौँ, २६ कात्तिकः मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले मुलुकलाई आर्थिक सामाजिक रूपमा समृद्धि बनाउने अभिभारा नेपाली कम्युनिष्ट पार्टी नेकपाले पूरा गर्नुपर्ने बताएका छन् । आफू नेतृत्वको जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टी बीचको एकता घोषणासभालाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा, रोजगारी सिर्जना र समृद्धिको ढोका उघार्ने जिम्मेवारी यसै पार्टीको भएको बताए […]

बागमती मुख्‍य समाचार समाचार

सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौँ, २६ कात्तिक : जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा ब्ल्याक प्यान्थर अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले राससलाई जानकारी दिए। पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कम्युनिष्टसँगको मिलनले विगतको बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् । बुधबार राष्ट्रिय सभागृहमा भएको सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर सोही ठाउँबाट छुट्टिएर गएको स्मरण गर्दै […]