१७ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

बागलुङ उद्योग वाणिज्य संघद्वारा मानवसेवा आश्रम बागलुङलाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयाेग

बागलुङ। बागलुङ उद्योग वाणिज्य संघले मानवसेवा आश्रम बागलुङ शाखालाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। बागलुङ उद्योग वाणिज्य संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला– ८औँ बागलुङ महोत्सव २०८२ मा मानवसेवा आश्रम बागलुङ शाखाले २०८२ पुस ११ गतेदेखि २२ गतेसम्म टिकट व्यवस्थापनमा सहयाेग गरेकाे थियाे ।महोत्सवका क्रममा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

इन्द्रबहादुर गुरुङद्वारा जन्मदिनकाे अवसरमा आश्रमलाई खाद्य सहयोग

पोखरा। पोखरा महानगरपालिका–१०, अमरसिंह चोक निवासी इन्द्रबहादुर गुरुङले आफ्नो ८४औँ जन्मदिनको अवसरमा मानवसेवा आश्रम पोखरा शाखालाई खाद्य सहयोग प्रदान गर्दै जन्मदिन मनाउनुभएको छ। मंगलबार परेको जन्मदिनको अवसरमा उहाँले १३ हजार २ सय ४४ रुपैयाँ बराबरको आवश्यक खाद्यान्न सामग्री सहयोग स्वरूप प्रदान गर्नुभएको हो। आठ दशकभन्दा बढी जीवनयात्रा तय गरिसक्नुभएका गुरुङले जन्मदिनलाई तडक–भडकभन्दा टाढा राख्दै आश्रममा आश्रितहरूसँग […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान

गण्डकी, २३ पुसः पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

प्राथमिक उपचार सम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

कर्णाली, २३ पुसः लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ […]

मुख्‍य समाचार लुम्बिनी समाचार

यसरी राजस्व सङ्कलन बृद्धि गर्न सकिन्छ

देवदह रुपन्देही, २३ पुसः आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको छ । कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले अभियान सञ्चालन गरिइएको हो । कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क नबुझाएका करदातासम्म पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरेको हो । कार्यालयका अनुसार दाखिला हुन बाँकी करिब रु एक अर्ब […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गर्न जमिन खरिद

म्याग्दी, २३ पुस : अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ । समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार ४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसैगरी […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो। यसअघि मंगलबार बसेको बैठकले आगामी राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने निर्णय गरेको थियो। बैठकमा राष्ट्रियसभा निर्वाचनलाई केन्द्रमा राखेर […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रियसभा निर्वाचनः एमालेले ६ उम्मेदवार टुंग्यायो, मधेशमा एक बाँकी

काठमाडौं । नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ। एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

लिभर सिरोसिस : मौन रोग, गम्भीर परिणाम

नेपालीहरुमा कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’को जोखिम बढ्दो छ । समयमा जोगिने उपाय वा उपचार नपाएमा लिभरले काम गर्न छाड्ने र कालान्तरमा मानिसको मृत्युसमेत हुने गरेको चिकित्सकहरुको भनाइ छ । कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंहले कलेजोका समस्याहरुबारेमा धारणा राखेका छन् । शरीरको लिभर, कलेजोको नर्मल टिस्यु, नर्मल सेल्सहरु बिस्तारै स्कारिङ्ग हुँदै जाने एउटा अवस्था […]

मधेश मुख्‍य समाचार समाचार समाज

पुरानो रिसिबीका कारण छिमेकीद्वारा दुई युवामाथि छुरा प्रहार

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं.१६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ । घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी

काठमाडौं । गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १०–बुँदे निर्देशनात्मक सर्कुलर जारी गरिएको छ। मङ्गलवार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख […]