२ भाद्र २०८३, मंगलवार
समाचार समाज साहित्य/ समाचार

‘जीवन्त सम्बन्ध’ को गहिराइलाई कसरी चिन्‍ने ?

९ असोज, काठमाडौँ । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अन्तिम क्षणमा मात्रै त्यसको अर्थको भेउ पाउँछन् तर त्यतिबेला […]

मुख्‍य समाचार समाचार समाज

पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’ बाट हुने

९ असोज, ताप्लेजुङ : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ ।यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो […]

समाज

कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टरहरु

९ असोज, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीले कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे । उनीहरुले अस्पताल नआऊ, डाक्टर बिरामी दुबैको ज्यान बचाऊ, […]

मनोरन्जन समाचार

आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० काठमाडौंमा हुने, २४ विधामा अवार्ड प्रदान गरिने

८ असोज, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०८० हुने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त अवार्ड राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा असोज ११ गते गरिने जानकारी गराएको हो । “ अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन ” भन्ने मुल नाराका साथ सम्पुर्ण कलाकर्मी, […]

मुख्‍य समाचार राजनीति

कांग्रेसले सरकारलाई भन्यो : नागरिकमा सुरक्षाको अनुभूति दिलाऊ

८ असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले नागरिकहरुमा सुरक्षाको अनुभूति दिलाउन सरकारसँग माग गरेको छ । पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण, चार जनाको ज्यान लिने गरी भएको तीनकुने घटना लगायतले शान्ति सुरक्षाको अवस्था उजागर गरेको कांग्रेसको ठहर छ । सोमबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा भनिएको छ, ‘ यी घटनाहरुले वर्तमान शान्ति […]

मुख्‍य समाचार राजनीति

कैद मिनाहा कानुन अनुसार नै दिइएको हो : कार्यबाहक प्रधानमन्त्री

८ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट भएको कैद मिनाहाको बचाउ गरेका छन् । कांग्रेसका उपसभापति समेत रहेका कार्यबाहक प्रधानमन्त्री खड्काले विवादमा परेका कैद मिनाहा पाएका व्यक्तिहरुको नाम नलिइकन संविधानसम्मत भएको दाबी गरे । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संविधान दिवसका दिन कैद सरकारले कैद छुट दिएका व्यक्तिको विषयमा […]

अर्थ

निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

८ असोज, काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले १५ जेठमा गरेको घोषणा झण्डै चार महिनापछि सोमबारदेखि कार्यान्वयनमा आएको हो । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कम्पनी दर्ता र पूँजी वृद्धि […]

मुख्‍य समाचार राजनीति

शिक्षकलाई पार्टी सदस्य बनाउनुहुन्न, राजीनामा दिएर आउने बाटो खोलिदिनुपर्छ : गगन थापा

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षक र पार्टीको सम्बन्धबारे अब प्रष्ट हुनुपर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समितिमा उनले राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचनसम्बन्धी ऐन र विद्यालय शिक्षा विधेयकले शिक्षकले पार्टीको सदस्य बन्न नपाउने व्यवस्था गरेको भन्दै अब पार्टीले पनि निर्णय गर्नुपर्ने बताएका छन् । कांग्रेसको महाधिवेशन प्रतिनिधिमा शिक्षकहरु सहभागी भएको […]

सूचना प्रविधि

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय

८ असोज, काठमाडौँ  ।  सन् २००९ मा अमेरिकामा सुरु भएको र हाल व्यावसायिकरूपले निकै सफल मानिएको ‘उबर’कै शैलीलाई पछ्याउँदै छ वर्षअघि नेपालमा पनि राइड सेयरिङ कम्पनी टुटल सुरु भयो । निजी सवारीसाधनलाई व्यावसायिकरूपमा सञ्चालन गर्ने उद्देश्यले टुटलले सेवा सुरु गरे पनि नियमनका लागि भने कानूनको अभावमा सुरुआती चरणमा निकै झमेला बेहोर्नु पर्‍यो । सुरुआती चरण […]

राजनीति

भ्रष्टाचारका फाइल खुलेपछि सरकार ढल्ने कुरा हुन्छन् : धनराज गुरुङ

८ असोज, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले गति लिन खोज्दा ब्रेक लागेको टिप्पणी गरेका छन् ।मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले सरकार अघि बढ्न खोज्दा हातखुट्टा बाँधिएको बताएका हुन् । ‘म त्यही मन्त्रिपरिषदको मन्त्री हुँ । तर बीच बीचमा ब्रेक लाग्छ, अपर्झट ब्रेक लाग्छ । एकदम सय किलोमिटर […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जलि

८ असोज, बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका छन् । हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि तियानमेन स्क्वायर पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्दा चिनियाँ उच्च अधिकारीहरूले उनको […]

राजनीति

पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर

८ असोज, काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी […]