१ भाद्र २०८३, सोमबार
समाचार समाज

महोत्तरीमा प्रहरीको गोली प्रहारबाट दुई जना घाइते

२९ कात्तिक, जनकपुरधाम । महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् । दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर […]

समाचार समाज

यस्तो छ भाइटीकाको विधि

२९ कात्तिक, काठमाडौं । आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहे पनि दिनभरी नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अघिल्लो दिन नै दिदीबहिनीहरुले दाजुभाइलाई पान-सुपारी आदि दिएर भाइटीकाको निम्तो दिन्छन् । दिदीबहिनी र […]

समाचार समाज

आज भाइटीका, उत्तम साइत १० बजेर ५१ मिनेटमा

२९ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान […]

बैंक–वित्त

भूकम्पपीडितको घरदैलोमै उपचार सेवा

२८ कात्तिक, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ । प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल, शिक्षाध्यक्ष डा डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा रविन खातुङ, डा तोसिमा कार्की भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेलाई उपचार गरेर फर्केको हो । जाजरकोटको भेरीगङ्गा र नलगाड नगरपालिका तथा कुशे […]

मुख्‍य समाचार समाचार समाज

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ९० जना पक्राउ

२८ कात्तिक, काठमाडौं । काठमाडौंबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट ४ जना, डडेलधुराबाट १३ जना, दार्चुलाबाट ७ जना र संखुवासभाबाट ७ जना गरी जम्मा ९० जना पक्राउ परेका छन् । काठमाडौं, शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी […]

मुख्‍य समाचार राजनीति

पार्टी प्रमुखहरुको लहडी निर्णयको भारी हामी बोक्दैनौं : गगन थापा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक बन्द गर्ने निर्णयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति रहेको भनी दिएको अभिव्यक्तिको विरोध गरेका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले छलफल भयो र कहिले र कसले सहमति गर्‍यो भनी प्रश्न गरेका छन् । मंगलबार विहान बसन्तपुरमा नेपाल […]

समाचार सूचना प्रविधि

दूरसञ्‍चार प्राधिकरणले भन्‍यो : टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं

२८ कात्तिक, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार […]

समाचार समाज

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने

२८ कात्तिक, काठमाडौँ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले […]

समाचार समाज

भाइटीकाको दिन मौसम सफा रहने

२८ कात्तिक, काठमाडौं । भाइटीकाका दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

१३ दिन चलेर सकियो गुल्मीको उपल्लो तम्घास महोत्सव

२८ कात्तिक, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै गुल्मी जिल्लाको उपल्लो तम्घासमा चलेको महोत्सव सम्पन्न भएको छ । गुल्मी उद्योग संघको आयोजनामा ‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड् रेसुङ्गा’ भन्ने नाराका साथ कात्तिक १५ गतेबाट सञ्चालनमा आएको थियो । उपल्लो तम्घास स्थित मन्दिर परिसरमा १३ दिनसम्म […]

मुख्‍य समाचार समाचार समाज

वेल्डिङ गर्न थालेपछि रोकियो धनुषामा ट्रान्सफर्मर चोरी

२८ कात्तिक, जनकपुरधाम । गत भदौ महिनासम्म धनुषाको मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र बटेश्वर गाउँपालिकामा विद्युत ट्रान्सफर्मर चोरीको घटना निकै हुन्थ्यो । टान्सफर्मर चोरीका घटना विद्युत प्राधिकरण वितरण केन्द्र र इलाका प्रहरी कार्यायल सखुवा महेन्द्रनगरका कर्मचारीको लागि दुखाइ बन्यो । त्यसपछि प्रहरी र प्राधिकरणका कर्मचारीले यस्तो जुक्ति लगाए कि तीन महिनादेखि टान्सफर्मर चोरी भएको छैन […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा जुवा खेल्ने ४२ जना पक्राउ

२८ कात्तिक, महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा […]