१२ श्रावण २०८१, शनिबार
अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

१३ दिन चलेर सकियो गुल्मीको उपल्लो तम्घास महोत्सव

२८ कात्तिक, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै गुल्मी जिल्लाको उपल्लो तम्घासमा चलेको महोत्सव सम्पन्न भएको छ । गुल्मी उद्योग संघको आयोजनामा ‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड् रेसुङ्गा’ भन्ने नाराका साथ कात्तिक १५ गतेबाट सञ्चालनमा आएको थियो ।

उपल्लो तम्घास स्थित मन्दिर परिसरमा १३ दिनसम्म चलेको मेलामा ३ सय वटा स्टल रहेका थिए । त्यसमध्ये ५० वटा स्टल स्थानीय उत्पादनका सामाग्रीहरु राखिएको थियो ।

कात्तिक २५ गतेसम्म चल्ने भनिएको महोसत्व २ दिन थपिएको थियो । महोत्सवमा विभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा विभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, विभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अवधीभर प्रर्दशन गरिएको थियो ।

जिल्लामा ठूला उद्योग नभएकाले साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पुर्‍याउने आयोजकले लक्ष्य लिएको गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले बताए ।

महोसत्व अवधीभरमा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा विभिन्न ठाउँबाट आएका पाहुँनालाई घुम्नका लागि पुर्याइएको गुल्मी उद्योग संघका महासचिव सुर्दशन खनालले बताए । त्यस्तै जिल्लामा साना ठूला व्यवसायीहरु विभिन्न कारणले बन्द हुँने अवस्थामा आएकाले लगानी सम्भाव्यता छलफल समेत गरिएको थियो ।

विभिन्न क्षेत्रका बिज्ञहरुको सभागितामा नेपाल र गुल्मी जिल्लामा कसरी लगानी भित्र्याउन सकिन्छ भनेर छलफल समेत गरिएको गुल्मी उद्योग संघका बरिष्ठ उपाध्यक्ष जनक पन्थले बताए । यस छलफलबाट जिल्लाका लगानी सम्भाव्यता बारे प्रस्तुतिहरु राखिएको थियो ।

यो अभियानलाई जिल्लामा हुँने कुनै पनि कार्यक्रमहरुमा बहस प्रराम्भ गरेर विभिन्न क्षेत्रहरुमा लगानी भित्र्याउने प्रमुख उदेश्य रहेको पन्थले बताए । महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा विभिन्न बिधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती राखेका थिए ।

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा यस अघिका ५ वटाभन्दा बढी महोत्सवहरु चिदीचौर खेल मैदानमा हुँदै आएका थिए । तर यसपटक तम्घासकै उपल्लो तम्घासमा महोत्सव राखिएको थियो ।

चिदीचौर खेल मैदानमा खेलका लागि मात्रै प्रयोजन गर्ने भनेर श्रृङ्गार्न थालिएकाले महोत्सव गर्न दिइएको थिएन । त्यसैले पनि उपल्लो तम्घासमा निजी जग्गामा महोत्सव गरिएको थियो ।

यो सँगै गुल्मी जिल्लामा ठूला मेला महोत्सव गर्न सार्वजनिक जग्गाको समेत अभाव खड्किएको छ । गुल्मी उद्योग संघले नयाँ ठाउँमा गरेको महोत्सव सोचेभन्दा धेरै राम्रो जनसहभागितामा सम्पन्न भएको जनाएको छ ।

यस अघिका महोत्सव चिदीचौरमा हुँदा दर्शकहरुको उल्लेख्य सहभागिता हुने गर्दथ्यो । यसपटकको महोत्सवमा पनि त्यसैको हाराहारिमा दर्शकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्