१ भाद्र २०८३, सोमबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु

१८ मंसिर, झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित-२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा-७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो । मेचीनगर […]

समाचार समाज

मुस्ताङमा पनि हिमपात

१८ मंसिर, मुस्ताङ। मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । विहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उनको भनाइ छ । यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि […]

अर्थ मुख्‍य समाचार

५ महिनामा १२ हजार ३६१ जना विदेशी पर्यटकले गरे पुनहिलको अवलोकन

१८ मंसिर, म्याग्दी। हिमाल, पहाडी भूगोल, सुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका-६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ । […]

अर्थ

सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो

१८ मंसिर, काठमाडौं । दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । सोमबार […]

मुख्‍य समाचार समाचार समाज

कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत गरिँदै

१८ मंसिर, महेन्द्रनगर (कञ्चनपुर)। कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुदैछ । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ । सशस्त्र प्रहरी बल नं ७ वैजनाथ मुख्यालय अत्तरीयाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार […]

समाचार समाज

पश्चिम नेपालमा हिमपात र वर्षा

१८ मंसिर, काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । सुर्खेत, दैलेख लगायतका जिल्लामा वर्षा पनि भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा रहेका इन्जिनियर सुवास चन्द्र घिमिरेका अनुसार सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । सुर्खेतको वीरेन्द्रनगर […]

खेलकुद मुख्‍य समाचार

एनएसएलमा आज झापा र काठमाडौं भिड्दै

१८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले मौसमको अवस्थालाई ध्यानमा राख्दै र विज्ञहरुको सल्लाह अनुसार साँझको खेल आधा घण्टा अघि सार्ने निर्णय गरेको हो । यसअघि साँझ […]

विचार

‘लभ बम्बिङ’ र लैङ्गिक हिंसाको पुनःपरिभाषा

१७ मंसिर, काठमाडौँ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा हरेक दिन केही नयाँ सन्दर्भ र कोणबाट बहस भइरहेको छ । यतिबेला सिङ्गै विश्वले हिंसाविरुद्धको दिवस मनाइरहँदा नेपाली समाजमा हामी महिला हिंसाविरुद्धको दिवसका रुपमा पनि समाजलाई सचेत बनाएर यथार्थपरक ढङ्गले हिंसाविरुद्ध लड्न तयार पार्न सकिरहेका छैनौं । स्वाभाविकरुपमा हाम्रो समाजले पितृ सत्तात्मक प्रकृतिको विशेषता छोड्न […]

समाचार समाज

नवराज विकको हत्या मुद्दामा अन्तिम सुनुवाइ सुरु

१७ मंसिर, काठमाडौं । नवराज विकसहित ६ जनाको हत्यासम्बन्धी मुद्दामा करिब साढे तीन वर्षपछि जिल्ला अदालत रुकुम पश्चिममा सुनुवाइ सुरु भएको छ । आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँग रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु गरी ६ जना केटी पक्षका आफन्त र गाउँलेको कुटाइबाट मारिएका थिए । अरु १२ जना घाइते […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल सुपर लिगमा बुटवल लुम्बिनी पहिलो जित

१७ मंसिर, काठमाडौं । बुटवल लुम्बिनीले जारी नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा आईतवार पहिलो जित निकालेको छ । दशरथ रंगशालामा जारी सिजनमा आफ्नो तेस्रो खेलमा बुटवलले स्पोर्टिङ इलामामाथि २–१ को जित निकाल्दै पहिलो जित निकाल्यो । निकै रोमाञ्चक खेलमा बुटवलले शुरुवात अग्रता लिएको थियो । तर स्पोर्टिङ इलामले गोल फर्काए पनि कप्तान एरिक बिष्टको […]

मुख्‍य समाचार समाचार समाज

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

१७ मंसिर, काठमाडौँ। प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो । मिडियाअन्तर्गत आबद्ध नभएका […]

समाचार समाज

छुट्ने आरोपितसँग अख्तियार र सम्पत्ति शुद्धीकरणले बयान लिने

१७ मंसिर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशपछि रिहा हुने आरोपित थुनामुक्त भएलगत्तै राज्यका अरु दुई निकायले छानबिनका लागि नियन्त्रणमा लिने भएका छन् । गत शुक्रबार उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा १९ आरोपितमध्ये ९ जनालाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि धरौटी बुझाएर र सामान्य तारेखमा रिहा हुन […]