४ चैत्र २०८२, बुधबार
राजनीति

नेपाल प्रहरीले पनि नगर प्रहरीजस्तै विना दबाब काम गर्नुपर्छ : बालेन शाह

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि नगर प्रहरीजस्तै विना दबाब काम गर्न सक्नुपर्ने धारणा राखेका छन् । बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहभागी कार्यक्रममा उनले नगर प्रहरी जस्तै विना […]

अनौठो संसार

बिहे गरेबापत पुरस्कार दिँदै सरकार, बेहुलीले पूरा गर्नुपर्नेछ यो शर्त

काठमाडौं । विश्वका कतिपय देशहरु उच्च जनसंख्याका वृद्धिदरले समस्या झेलिरहेको बेलामा कतिपय देशहरु भने घट्दो जनसंख्याका कारण तनावमा छन् । घटिरहेको जनसंख्याका कारण त्रसित देशहरुले भविष्यमा आउने सम्भावित खतराको सामना गर्नका लागि अहिले नै विभिन्न उपायहरु अपनाउन सुरु गरेका छन् । चीन पनि पछिल्लो समय घट्दो जनसंख्या वृद्धिदरबाट गुज्रिरहेको छ । विगतमा जनसंख्या नियन्त्रणका लागि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अमेरिकालाई सीमानामा सैन्य बल खडा नगर्न सिरिया-इरानको चेतावनी

१४ भदौ, काठमाडौं । सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । बुधवार बसेको संयुक्त बैठकले आफूहरुको सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् । सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरुले उत्तरपूर्वी सिरयाली […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

१४ भदौ, ढोरपाटन । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ । खासगरी निसेल ढोरको कुँडे, काँग, ढोरपाटनको मस, […]

राजनीति

नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै बालेन गरे चीन भ्रमण रद्द

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणमा पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङ उड्ने तय भएको थियो । तर चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नदेखाइए भन्दै चीन भ्रमण रद्द गरेका हुन् ।

समाज सूचना प्रविधि

६० किलो सुन प्रकरणमा जोडियो क्रिप्टोकरेन्सी

१४ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ । तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताए । ‘केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ’, अनुसन्धानमा […]

खेलकुद मुख्‍य समाचार

मलेसियालाई हराउँदै नेपालको सुखद सुरूवात

१४ भदौ, काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियालाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ । नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो । […]

अर्थ कोशी प्रदेस समाचार मुख्‍य समाचार

जुटको उत्पादन बढे पनि मूल्यमा गिरावट

१४ भदौ, बेलबारी ।  पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९/७० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु

१४ भदौ, काठमाडौँ। मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका एक सय […]

खेलकुद

नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर

१४ भदौ, काठमाडौँ। कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित । तर नेपाली टोली पाकिस्तानी दर्शकले […]

समाज

आज जनैपूर्णिमा पर्व मनाइँदै

१४ भदौ, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । तिथि घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट […]

बैंक–वित्त

आज गाईजात्रा पर्व मनाइँदै

१४ भदौ, काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही खुवाउने चलन छ । यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी […]