राप्ती तटीय क्षेत्रका बासिन्दा सधैँ बाढीको त्रासमा
१७ भदौ, बाँके । वर्षात् सुरु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका-७ नयाँवस्ती फरेदागाउँका शंकर यादव रातिमा राम्ररी निदाउन सकेका छैनन् । ‘बाढी रोकथामको लागि लगाइएको तटबन्ध भत्किएको वर्ष दिन भइसक्यो, राप्ती नदीले कटान गर्दै गाउँतिर सोझिएको छ’, उनले भने, ‘ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षात्को समयमा राम्ररी निदाउन सकिन्न ।’ राप्ती […]











