३० फाल्गुन २०८२, शनिबार
समाचार समाज

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी […]

मुख्‍य समाचार समाचार समाज

गोरखाको स्तुल खोलामा बेलीब्रिज

२१ कात्तिक, गोरखा । गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट-आरुपोखरी-ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण गरिएको हो । एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काका अनुसार उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिका-८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खामा सवारीसाधान गुडाउन […]

समाचार समाज

घरभित्र पुरिएर पनि भाग्यले बाच्यौँ

२० कात्तिक, आठबिसकोट (रुकुमपश्चिम) । चकमन्न अध्याँरोमा आठबिसकोट–१४ को छेपारे गाउँ शान्त थियो । अधिकांश गाउँले गहिरो निद्रामा थिए । सधै छिट्टै सुत्ने मीना विक भने त्यस राति श्रीमानसँग मोबाइलमा फिल्म हेर्दै हुनुहुन्थ्यो । कान्छो छोरा साथमै सुतेको थियो भने ठूलो छोरो पल्लो कोठामा निदाइसकेको थियो । ‘त्यत्तिकैमा अकस्मात घर हल्लियो । के भयो भन्ने […]

समाचार समाज

संघीय सांसदहरुको टोली भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने

२० कात्तिक, काठमाडौं । संघीय सांसदहरुको टोली भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने भएको छ । भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न प्रतिनिधि सभाका सदस्यहरुको एक टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जाने तय भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नेतृत्वको टोलीमा ९ सदस्य रहने छन् । […]

राजनीति

कोशी प्रदेशमा प्रदेशसभा सांसदले खोजे सभामुख

२० कात्तिक, विराटनगर । कोशी प्रदेशसभाको बैठकमा सांसदहरुले सभामुखको खोजी गरेका छन् । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएका कारण उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्दै आएकी छन् । सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरु मैया श्रेष्ठ, गोपाल तामाङ, इन्दिरा थापा, शोभा चेम्जोङ र गोपाल विश्वकर्माले सभामुख चयन प्रक्रिया तत्काल सुरु गर्न […]

समाचार समाज

जाजरकोटमा शक्तिशाली परकम्पले घरहरु भत्किए, केही व्यक्ति घाइते

२० कात्तिक, राउतगाउँ (जाजरकोट) । शुक्रबार रातिको भूकम्पले क्षति पुर्‍याएको जाजरकोटका बस्तीमा सोमबार अपरान्ह अर्को शक्तिशाली परकम्प भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा नै केन्द्रविन्दु भएर सोमबार ४:३१ मा गएको ५.८ रेक्टर स्केलको परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका छन् । शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको […]

समाचार समाज

‘अस्पताल आइपुगेका छौँ, अब त केही नहोला कि ?’

२० कात्तिक, जानकी (बाँके) । ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाई च्यापिनुभयो’, ओठ कपाउँदै अनि आँखभरि आँशु बनाउँदै […]

समाचार समाज

जाजरकोटमा फेरि ५.८ म्याग्निच्‍यूडको भूकम्पको धक्का

२० कात्तिक, काठमाडौं । जाजरकोटमा फेरि ५.८ म्याग्निच्‍यूडको  भूकम्पको धक्का महशुस भएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर  ५.८ भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्‍यूडको भूकम्प गएको थियो । शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको […]

समाचार समाज

भाइटीकाको उत्तम साइत १०ः५१ बजे

२० कात्तिक, काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन […]

समाचार समाज

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको जानकारी दिए । ‘भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भयो, त्यही कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको छ’ उनले अनलाइनखबरसँग भने । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस […]

समाचार समाज

पर्साका तत्कालिन मालपोत अधिकृतसहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२० कात्तिक, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रसँगै भूपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्‍यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७१/७२मा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

अपाङ्गमैत्री सडक बनाउँदै खैरहनी नगरपालिका

२० कात्तिक, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपाङ्गमैत्री बनाउन थालेको छ । नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो । खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण […]