३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

उच्च अदालतको आदेश : पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनू

२२ कात्तिक, कास्की । उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले आज लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी […]

मुख्‍य समाचार समाचार समाज

जाजरकोट भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग

२२ कात्तिक, काठमाडौं । अदालतका न्यायाधीश तथा कर्मचारीहरुले जाजरकोट भूकम्पका प्रभावितका लागि आफ्नो तलब काटेर आर्थिक सहयोग गर्ने भएका छन् । बुधबारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबाट ७ दिन, उच्च अदालतका न्यायाधीशहरुबाट ५ दिन, जिल्ला अदालतका न्यायाधीशबाट ३ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । सर्वोच्च […]

मुख्‍य समाचार समाचार समाज

भोजपुरमा घरघरमा साना मिल

२२ कात्तिक, टक्सार (भोजपुर) । केहीवर्ष अगाडिसम्म ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको भीडभाड देखिन्थ्यो । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँ गाउँमा विद्युत्को पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् । अनुदानमा विभिन्न सरकारी निकायबाट मिनिमिल वितरण हुन थालेपछि घरघरमा मिल राख्न सुरु गरिएको छ । मिल सञ्चालन […]

अर्थ मुख्‍य समाचार

तनहुँ सयपत्री फूलखेतीको लागि ‘हब’ बन्दै

२२ कात्तिक, तनहुँ । नेपालीको दोस्रो महान पर्व तिहारमा अत्यधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । तिहारको मुख्य दिन भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात माला लगाइदिने प्रचलन छ । गाई, गोरु र कुकुर तिहारको अवसरमा पशुलाई समेत फूलको माला लगाएर पूजा गरिने हुँदा तिहारमा सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग हुने गर्दछ । […]

मुख्‍य समाचार समाचार समाज

मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारी विरुद्ध महिला आयोगमा उजुरी

२२ कात्तिक, काठमाडौं । आफूलाई पत्नीको रुपमा स्वीकार गर्न इन्कार गरेको र उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बरिष्ठ अधिवक्ता डा. सुरेन्द्रराज भण्डारी विरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । कानुन व्यवसायी समेत रहेकी जानकी पाण्डेले मंगलबार आयोगमा उजुरी दर्ता गरेकी हुन् । उनले भण्डारीमाथि सुरक्षा निगरानी गर्न र आफ्नो, सन्तान तथा नातेदारको जिउज्यानको […]

मुख्‍य समाचार राजनीति

आरतीलाई न्याय माग गर्दै प्रभु साह पनि धर्नामा

२२ कात्तिक, काठमाडौं । आरती साहलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा उनको माइती पक्षले धर्ना जारी राखेको छ । बुधबारको धर्नामा आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत सहभागी भएका छन् । जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साहको दाइजोका कारण […]

मुख्‍य समाचार राजनीति

राज्य व्यवस्था समितिका सदस्यहरु भूकम्प प्रभावित क्षेत्रमा

२२ कात्तिक, काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरु स्थलगत अध्ययन र अनुगमनका लागि जाजरकोट–भूकम्पबाट प्रभावित क्षेत्रतर्फ गएका छन् । गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न र आवश्यक अनुगमन र निर्देशनका लागि उनीहरु आज बिहान सुर्खेतबाट जाजरकोट लागेका हुन् । समितिले भूकम्प प्रभावितका लागि उद्धार र राहत […]

मुख्‍य समाचार समाचार समाज

काग तिहारमा लप्से झरना महोत्सव

२२ कात्तिक, काठमाडौं । नुवाकोट, शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते महोत्सव गरिने भएको छ । काठमाडौँ, गँगबुबाट २५ किमी उत्तर पर्ने सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घन्टा लाग्छ । करिब १५ मिनेट भने पैदल हिँड्नुपर्ने हुन्छ । ‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका साथ काग […]

मुख्‍य समाचार राजनीति

एमालेको सचिवालय बैठक जारी

२२ कात्तिक, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जाजरकोट भूकम्पले पुर्याएको क्षति, आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बैठकमा केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने, मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने अभियानको कार्यक्रम तय गर्ने […]

मुख्‍य समाचार राजनीति

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी काठमाडौंमा

२२ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेट गर्ने कार्यतालिका […]

मुख्‍य समाचार सूचना प्रविधि

विचौलियाका कारण एमडीएमएस लागू गर्न ढिला भयो : पुरुषोत्तम खनाल

२२ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विचौलियाहरुको कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू हुन समस्या भएको बताएका छन् । प्राधिकरणले गत वर्ष नै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) लागू गर्ने भनेपनि रोकिएर सोमबारदेखि लागू गरेको छ । प्राधिकरणका अध्यक्ष खनालले मोबाइल कारोबार गर्ने विचौलियाहरुको कारण प्रणाली लागू गर्न समस्या आएको […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

‘लिष्टमा नाम छैन, त्रिपाल दिन्न भन्छ बाँड्नेहरू’

२२ कात्तिक, जाजरकोट। गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका-३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किनुभयो । उनी  निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भए । उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ  बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएका छन् । उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको […]