३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

बुटवलमा सुत्केरीको मृत्यु भएपछि कुटिए अस्पतालका मेसु बस्याल

१३ मंसिर, बुटवल। बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएपछि आफन्तले डाक्टर बस्यालमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार […]

मुख्‍य समाचार राजनीति

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ । आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आह्वान गरेको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसले […]

राजनीति समाचार समाज

मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी

१३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको नेपाली प्रतिनिधि मण्डल आज राति ९:३० बजे यूएईको दुबई जाँदै छ । प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै […]

अन्तर्राष्ट्रिय समाचार समाज

रुस-युक्रेन युद्धमा ३ नेपाली मारिएको पुष्टि, सूचना गोप्य राख्ने प्रयास

१३ मंसिर, काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार-५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ-६ सुनापती टोलका राज कुमार रोका र इलाम-५ इलामका गंगाराज मोक्तान […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

बालकृ्ष्ण खाँणबारे देउवा : उहाँले न्याय पाउनुहुन्छ

१२ मंसिर, भैरहवा (रुपन्देही) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् । मंगलबा रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए । भैरहवासमेत पर्ने रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका कांग्रेस नेता […]

मुख्‍य समाचार राजनीति

नयाँ कार्यालयमा प्रधानमन्त्रीले गरे ओलीलाई स्वागत

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय भने खुलेको छैन । दुई नेताबीचको छलफलअघि प्रचण्डले ओलीलाई आफ्नो नयाँ कार्यालय भ्रमण गराएका थिए । प्रधानमन्त्री प्रचण्ड ६ मंसिरमा सिंहदरबारमा पश्चिमतर्फ रेट्रो फिटिङ […]

राजनीति

प्रहरी समायोजन तत्काल सुरु गर्न प्रधानमन्त्री र संघीय गृहमन्त्रीलाई प्रदेशका गृहमन्त्रीको आग्रह

१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार प्रदेशका गृहमन्त्री (आन्तरिक मामिला तथा कानूनमन्त्री) हरुले संयुक्त रुपमा भेटेर यथाशीघ्र प्रहरी समायोजन गर्न माग गरेका हुन् । उनीहरुले प्रहरीको संरचना र कर्मचारी प्रदेशमा हस्तान्तरण नगर्दा प्रदेशको शान्ति सुरक्षामा […]

समाचार समाज

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्दै स्वर्णिम वाग्ले

१२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको रास्वपाका एक नेताले बताए । उनका अनुसार वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले […]

कोशी प्रदेस समाचार राजनीति समाचार समाज

कोशीको बजेटप्रति सत्तारुढ सांसद नै असन्तुष्ट

१२ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा आफ्ना योजना समावेश नगरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउनेमा मुख्यमन्त्रीकै दल नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका सांदसहरु छन् । गत असारमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले मुख्यमन्त्री केदार कार्कीप्रति असन्तुष्टि जनाएका […]

मुख्‍य समाचार राजनीति

देउवाले बोलाए कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । मंगलबार दिउँसो १ बजे सभापति देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको छ । महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आव्हान गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसले महासमिति बैठक […]

मुख्‍य समाचार समाचार समाज

कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना

१२ मंसिर, काठमाडौं । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । १० मंसिरमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी […]

खेलकुद मुख्‍य समाचार

१६ औं ढोरपाटन महिला भलिबल प्रतियोगिता माघ १२ देखि

१२ मंसिर, काठमाडौं । १६ औं ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबको खेलमैदानमा हुनेछ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मानवीर छन्त्यालले कोरोना महामारी र भलिबल संघको चुनावका कारण तीन वर्षपछि प्रतियोगिता गर्न […]