२९ फाल्गुन २०८२, शुक्रबार
अर्थ मुख्‍य समाचार

विश्वबहादुर अधिकारीको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला

८ पुस, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा बिक्री गरेका छन् । उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका हुन् । यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएका छन् । कृषक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै

८ पुस, चितवन । दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ । घाँसे मैदान निर्माण र व्यवस्थापनका लागि यसरी बजेट घटाउँदै लैजाँदा यसले प्रत्यक्षरुपमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढाउने देखिएको छ । सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा प्राथमिकता दिने भए पनि घाँसे मैदानको व्यवस्थापनजस्ता […]

मुख्‍य समाचार राजनीति

ट्रंकलाइन विवादमा उद्योगको लाइन काट्नु गलत : केपी ओली

८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल नतिरेको नाममा उद्योगको लाइन काट्न नहुने बताएका छन् । आइतबार एमालेको झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आयोजित कार्यक्रममा ओलीले उद्योगी व्यवसायीले आफूलाई पनि ज्ञापन पत्र दिएको भन्दै यो विषय उठाएका हुन् । उनले डेडिकेटेड फिडर र ट्रंकलाइन जोडे पनि […]

मुख्‍य समाचार

वीरमा क्यान्सर उपचारमा उपयोगी टोमोथेरापी सञ्चालनमा, दैनिक ३० जनालाई सेवा दिइने

८ पुस, काठमाडौं । वीर अस्पतालले क्यान्सर रोगीको उपचारका लागि अत्याधुनिक टोमोथेरापी मेसिन सञ्चालनमा ल्याएको छ । टोमोथेरापी विकिरणको माध्यमबाट क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो । अस्पतालले एक सातादेखि टोमोथेरापी सेवा सञ्चालनमा ल्याएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेत जानकारी दिए । टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो […]

मुख्‍य समाचार

धनगढीको जग्गा प्लटिङ कार्यविधीविरुद्ध सर्वोच्चमा रिट दायर

८ पुस, धनगढी । धनगढी उपमहानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधीबारे पक्ष र विपक्षमा बहस भइरहेका बेला सर्वोच्च अदालतमा रिट दायर भएको छ । उपमहानगरपालिकाले ल्याएको कार्यविधीविरुद्ध कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त कार्यविधी खारेज सम्बन्धी परमादेश माग गर्दै दायर […]

खेलकुद मुख्‍य समाचार

प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती

८ पुस, काठमाडौँ। प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो । कोशीका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान […]

मुख्‍य समाचार समाचार समाज

सन्दीपको मुद्दा शिशिरराज ढकालको इजलासमा

८ पुस, काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो । गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । बहस नोट पेश […]

मुख्‍य समाचार राजनीति

बालुवाटारमा शीर्ष नेताको बैठक, प्रधानमन्त्रीसँगै देउवा र ओली सहभागी

८ पुस, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् ।

मुख्‍य समाचार समाचार समाज

कैलाली र कञ्चनपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

८ पुस, धनगढी । कैलाली र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-१८ को फूलबारी र कञ्चनपुरको वेदकोट नगरपालिकामा शनिबार भएका दुर्घटना बालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार वेदकोट नगरपालिका-६ सिसैयामा से१त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट बैतडीको दोगडाकेदारका ६ […]

मुख्‍य समाचार समाचार समाज

आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली

८ पुस, काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । त्यसको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्दैछन् । प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ । यसअघि गोला […]

मुख्‍य समाचार राजनीति

छिट्टै लालपुर्जा वितरणको अभियान सुरु हुँदैछ : प्रचण्ड

७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लालपुर्जा वितरणको अभियान छिट्टै सुरु हुने बताएका छन् । नेकपा माओवादी केन्द्रले काठमाडौंको बूढानीलकण्ठमा आयोजना गरेको कार्यक्रममा उनले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासीको समस्या हल गर्न सरकारले नयाँ कानुन ल्याउन लागेको र त्यसले लालपुर्जा वितरणलाई सहज बनाउने बताएका हुन् । ‘लालपुर्जा वितरणको एउटा नयाँ अभियान सुरु […]

मुख्‍य समाचार समाचार समाज

४३५ माध्यमिक शिक्षक माग गर्दै शिक्षक सेवा आयोग

७ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ । उक्त पदमा दरखास्त दिन चाहनेका लागि आइतबार विहान १० बजेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था गर्ने आयोग स्रोतले जनाएको छ । शिक्षकको विज्ञापन गत वर्ष जस्तै प्रदेशगत रुपमा माग गर्ने […]