बाढी-पहिरोले ३ राजमार्ग पूर्णरुपमा बन्द, १३ वटा सडक एकतर्फी सञ्चालन
२० असार, काठमाडौं । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । मेची राजमार्ग अन्तर्गतको केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम,गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ । यसैगरी तमोर करिडोर अन्तर्गत […]











