२९ फाल्गुन २०८२, शुक्रबार
अर्थ मुख्‍य समाचार

कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर ३ करोड बढी आम्दानी

मध्यविन्दु (नवलपरासी), १३ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय […]

राजनीति समाचार

कांग्रेस केन्द्रीय समिति बैठक : मन्त्रीहरुको धारणा आज पनि

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आज मन्त्रीहरुसहित केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए । आज बाँकी मन्त्रीहरुले धारणा राख्ने […]

समाचार समाज

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

१३ पुस, बाजुरा । बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सियाढुङ्गा जाँदै गरेको से १ […]

समाज

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

१३ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो । यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको […]

समाचार समाज

पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहको संख्या बढाउन संसदीय समितिको निर्देशन

१२ पुस, काठमाडौं । पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहको संख्या बढाउन सरकारलाई संसदीय समितिले निर्देश गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव, पशुपति क्षेव बिकास कोषका सदस्य सचिव र कोषाध्यक्षसँग छलफल गरेपछि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले यस्तो निर्देश गरेको हो । ‘पशुपति आर्यघाटमा शवको चापको आधारमा विद्युतीय शवदाह […]

समाचार समाज

प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने

१२ पुस, काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कम हुने जानकारी दिइन् । fकटौती […]

समाचार समाज

भारत र रुसबीच कुडनकुलम परमाणु ऊर्जा संयन्त्रमा सम्झौता

११ पुस, काठमाडौं । भारतको तमिलनाडुमा निर्माण गरिएको कुडनकुलम परमाणु ऊर्जा संयन्त्रको क्षमता वृद्धिमा रुसले सहयोग गर्ने भएको छ । यससँग सम्बन्धित सम्झौतामा दुई देशबीच हस्ताक्षर पनि भएको छ । रुस भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे जानकारी दिएका हुन् । पाँच दिने रुस भ्रमणमा रहेका जयशंकरले रुसका उपप्रधानमन्त्री डेनिस मन्तुरोफसँग भएको भेटवार्तापछि भारतीय […]

राजनीति समाचार

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

११ पुस, काठमाडौं । समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको छ । संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । भ्रष्टाचारको […]

समाचार समाज

९ घरको झ्याजेटोलमा तरकारीबाटै ७० लाख आम्दानी

११ पुस, भेरीगङ्गा (सुर्खेत) । दैलेख गुराँस गाउँपालिका-८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाउने गर्छन् । यही तरकारी बेचेरै उनी आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल भएका छन् । तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गरेका छन् । […]

सम्पर्कमा नरहेका २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

११ पुस, काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर भएका आफ्ना २१ जना कर्मचारीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित कार्यालयमा हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने नेपाल प्रहरीले चेतावनी दिएको छ । आफूखुसी कार्यालयमा […]

समाचार समाज

समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

११ पुुस, काठमाडौं । समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको […]

बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्याे

११ पुस, जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका सिंह भारतको बिहार […]