गोरखाकी एककुमारी बस्नेतले फलाइन् नौ किलोको एउटै काउली
२० पुस, गोरखा । गोरखा नगरपालिका-७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला-२०८०’ को प्रदर्शनीमा राखिएको छ । ‘काउली जोख्दा पूरै ११ किलोको थियो, कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ […]











