२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरीले दिए उम्मेदवारी

२७ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीले उम्मेदवारी दिएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । अहिलेसम्म अध्यक्षमा रेशम चौधरीले मात्र उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी उनकी पत्नी हुन् टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले रञ्जिताको नेतृत्वमा […]

मुख्‍य समाचार समाचार समाज

उराठ बन्दै बागलुङका खर्क

२७ पुस, ढोरपाटन । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र  भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति प्रशस्तै थिए । तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ । भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन् […]

समाचार समाज

उद्योगहरूमा काटिएका लाइन जोड्ने प्राधिकरणको निर्णय

२७ पुस, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको […]

मुख्‍य समाचार समाचार समाज

मनोहरा क्षेत्रमा चरा गणना सुरू

२७ पुस, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान […]

खेलकुद मुख्‍य समाचार

प्रधानमन्त्री कप क्रिकेट: दिपेन्द्रको कप्तानीमा पुलिसको टिम घोषणा

२७ पुस, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम घोषणा गरेको छ । टिममा राष्ट्रिय टिमबाट खेलेका ११ खेलाडी छन् । टिममा कुशल भुर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, अर्जुन साउद र दिलिप नाथ छन् । अर्जुन साउदले यसअघिको प्रधानमन्त्री कप भने आर्मीबाट खेलेका थिए […]

मुख्‍य समाचार समाचार समाज

पृथ्वीनारायणको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण

२७ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । उनले शुक्रबार बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको […]

मुख्‍य समाचार समाचार समाज

रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु

२६ पुस, खलङ्गा । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् । मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर दिएका हुन् । प्युठान […]

मुख्‍य समाचार समाचार समाज

बम्जनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

२६ पुस, सर्लाही । यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले थुनछेक बहसछि आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको उक्त अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । जिल्ला अदालत सर्लाहीको आदेशपछि बम्जनलाई आजै जिल्ला कारागार महोत्तरी चलान गरिएको छ । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राजतन्त्र इतिहास भइसक्यो, अब सम्भव छैन : पूर्वप्रधानमन्त्री नेपाल

२६ पुस, टीकापुर । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै नेपालले राजतन्त्र फर्काउन केही व्यक्तिले खुट्टा उचालिरहेको बताउँछदै त्यो सम्भव नभएको दाबी गरेका हुन् । ‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज […]

मुख्‍य समाचार राजनीति

विवाहअघि लाइसेन्स लिने व्यवस्था गरौं : आरजु राणा

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा उनले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालबिवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन् । ‘विवाह दर्ता गर्नु पहिला नै लाइसेन्स लिनुपर्‍यो । […]

मुख्‍य समाचार समाचार समाज

गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन

२६ पुस, काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक भएपछि यसप्रति प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । ब्यूरोका एसपी पशुपति रायका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेकहरुको खोजी भइरहेको छ । जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ […]

मुख्‍य समाचार समाचार समाज

थारु समुदायले टुँडीखेलमा २ दिन माघी महोत्सव मनाउने

२६ काठमाडौं । थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले जानकारी दिए । उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौ। […]