२९ फाल्गुन २०८२, शुक्रबार
राजनीति समाचार समाज

धनुषामा मृत भेटिएका राधेकी श्रीमतीको पनि मृत्यु

२ माघ, जनकपुरधाम । धनुषामा सोमबार मृत भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका-३ महदैयाका २२ वर्षीय राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ । सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । राधे सोमबार बिहान […]

खेलकुद मुख्‍य समाचार

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुने

२ माघ, काठमाडौँ। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज  बिहान ९ : १५ बजे सुरु हुने छ । अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ : १५ बजे सुरु हुने […]

मुख्‍य समाचार राजनीति

भूकम्पको क्षति रोक्न हातेमालो गरौं : गृहमन्त्री श्रेष्ठ

२ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पबाट हुन सक्ने क्षति रोक्न तीनै तहका सरकारले हातेमालो गर्नुपर्ने बताएका छन् । नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने भएकाले जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच हातेमालो आवश्यक रहेको बताएका हुन् । काठमाडौं महानगरपालिकाले आज बिहान भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सो […]

समाचार समाज

तराईमा हुस्सु कुहिरो, उच्च पहाडी क्षेत्रमा वर्षाको सम्भावना

२ माघ, काठमाडौं । आज आंशिकदेखि सामान्य बदली हुने र उच्च पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । तराई मधेशका जिल्लामा भने दिउँसोसम्मै हुस्सु कुहिरो लाग्ने छ । हाल नेपालमा पश्चिमी वायु र बंगलादेशको दक्षिणी भूभाग आसपास रहेको न्यून चापीय प्रणाली समेतको आंशिक प्रभाव परेको छ । ‘यो प्रणालीको प्रभाव आज, […]

मुख्‍य समाचार समाचार समाज

टुँडीखेलमा माघीको उल्लास (तस्वीरहरू)

१ मा‍घ,काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर मनाइएको छ। यसै क्रममा थारु समुदायले बसन्तपुरदेखि टुँडिखेलसम्म र्‍यालीको समेत आयोजना गरेका थिए। सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात माघी (माघ/तिलासंक्राइत/खिचरा/खिचरी/खिचडी) पर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको […]

अर्थ समाचार समाज

ठूला उद्योग लाइन जोड्नेबित्तिकै दैनिक ८ देखि ११ घण्टासम्म अघोषित लोडसेडिङ

२९ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ८ देखि ११ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ गर्न सुरु गरेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा २३ वटा ठूला उद्योगमा काटिएको लाइन जोडिदिएपछि तत्कालै प्राधिकरणले लोडसेडिङ गर्न सुरु गरेको हो । हरेक दिन पिक समय अर्थात् बिहान ५ बजेदेखि ११ बजेसम्म र बेलुका पनि […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री प्रचण्ड ४ माघमा युगाण्डा जाने

२९ पुस, काठमाडौं । असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ माघमा युगाण्डा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहालका साथै उच्च सरकारी अधिकारीहरु रहनेछन् । ५ माघमा असंलग्न राष्ट्रहरुको सम्मेलनको एउटा सत्रमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने छन् […]

मुख्‍य समाचार समाचार समाज

औषधि उत्पादनको काम तत्काल सुरू गर्न प्रधानमन्त्रीको निर्देशन

२९ पुस , काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् । आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् । छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका […]

मुख्‍य समाचार समाचार समाज

खुलामञ्चमा फुटबल मैदान नबनाउन मुक्त टुँडिखेल अभियानको ध्यानाकर्षण

२९ पुस, काठमाडौं । खुलामञ्चमा फुटबल मैदान बनाउने निर्णय नगर्न मुक्त टुँडिखेल अभियानले ध्यानाकर्षण गराएको छ । काठमाडौं महानगरले फुटबल मैदान बनाउने प्रक्रिया अघि बढाएपछि मुक्त टुँडिखेल अभियानले कार्यान्वयन नगर्न आग्रह गरेको छ । खुला सार्वजनिक जग्गाको सरकारीकरण गर्ने दुषित मनसायका साथ काठमाडौँ महानगरपालिकाले खुल्लामञ्चमा दुई वटा फुटबल ग्राउन्ड निमार्ण गर्न प्रस्ताव गरेको अभियानले विज्ञप्तिमा […]

समाचार समाज

टुँडिखेलमा माघी महोत्सवको तयारी पूरा

२६ काठमाडौं । काठमाडौंको टुँडीखेलमा माघी महोत्सवको तयारी पूरा भएको छ । दुई दिने माघी महोत्सवका लागि १०० वटा स्टल बनाइसकिएको थारू  राष्ट्रिय माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले जानकारी दिए । उनले भने, ‘माघी महोत्सवको तयारी लगभग पूरा भइसकेको छ। थारू खाना परिकार, हस्तकला प्रदर्शनी, पुस्तक, पत्रपत्रिकाका लागि भनेर करिब १०० वटा स्टल बनाएका […]

समाचार समाज

अफताब आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको पेसी आज

२९ पुस, काठमाडौं । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज पेसी तोकिएको जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए । ‘तर कसको इजलासमा सुनुवाइ हुन्छ भन्ने टुंगो १० […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रञ्जिता श्रेष्ठ नाउपाकाे सहअध्यक्षमा मनाेनित

२८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे छ । टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चाैधरी अध्यक्षमा निर्वाचित भएपछि बसेकाे पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे हाे । श्रेष्ठ रेशम चाैधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय […]