३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

व्यापारी दिपक मल्होत्रासँग सुन आयोगले डेढ घन्टा बयान लिएको खुलासा, नोटिसमा राख्न सिफारिस

६ चैत, काठमाडौं । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले व्यवसायी दिपक मल्होत्रासँग डेढ घन्टा बयान लिएको खुलासा भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर आयोगले मल्होत्राको गुपचुप बयान लिएको गृह मन्त्रालय उच्च स्रोतले पुष्टि गरेको छ । झण्डै एक महिना अघि मल्होत्रासँग लिइएको बयान आयोगको प्रतिवेदनमा समेत समावेश छ । स्रोतका अनुसार, […]

मुख्‍य समाचार राजनीति समाचार

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग पश्नोत्तर कार्यक्रम हुँदै

६ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

कथाकार परशु प्रधानको निधन

६ चैत, काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । सोमबार राति बानेश्वरस्थित निवासमा उनको निधन भएको हो । प्रधानको पार्थिव शरीर आज बिहान ९ बजेसम्म बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि राखिएको छ । आजै ९:३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परशु प्रधानका छोरा एवम् बाह्रखरी अनलाइनका […]

मुख्‍य समाचार समाचार समाज

मोस्टवान्टेड २ भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर समात्यो

६ चैत, जनकपुरधाम । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बरहथवा नगरपालिका-६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको […]

मुख्‍य समाचार समाचार समाज

घर छाडेर शहर पस्नेभन्दा विदेशिने दोब्बर

५ चैत, काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्यम प्रतिवेदन गरेको हो । राष्ट्रिय जनगणना २०७८ का क्रममा सङ्कलित तथ्याङ्कलाई विस्तृत विश्लेषणसहित चारवटा प्रतिवेदन तयार पारिएको कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । तथ्याङ्क कार्यालयले […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए । […]

मुख्‍य समाचार समाचार समाज

बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाइते

५ चैत, पोखरा । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा साेमबार बिहान कपिलवस्तुबाट […]

मुख्‍य समाचार राजनीति

इलाम-२ मा उपनिर्वाचनका लागि २० दल दर्ता

५ चैत, काठमाडौँ। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-२ मा २० वटा दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि फागुन २४ गतेदेखि फागुन ३० गतेसम्मका लागि दर्ताको समय दिएको थियो। यस्तै निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको […]

मुख्‍य समाचार समाचार समाज

बच्चा चोरी आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

५ चैत, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मानुकमारी सिंहलाई धरौटीमा रिहाका लागि आदेश थिएको हो । आइतबारको अधिकारीको इजलासले डेढ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाले सिंहलाई रिहा गरिएको प्रहरीले जनाएको […]

मुख्‍य समाचार समाचार समाज

सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

५ चैत, काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए । सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का […]

मुख्‍य समाचार समाचार समाज

नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

५ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । उनीहरूले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे ।