३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

आज पहाडी क्षेत्रमा होली मनाइँदै, सार्वजनिक बिदा

११ फागुन, काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘इलाम–२ को उपचुनावलाई रास्वपाले बनायो प्रतिष्ठा

१० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपचुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ मा १५ वैशाखमा उपचुनाव हुँदैछ । २४ चैतमा उम्मेदवारी दर्ताको समय दिइएको छ । रास्वपाले १७ गते उम्मेदवार घोषणा गर्दैछ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेदेखि नै रास्वपाले इलाममा […]

मुख्‍य समाचार समाचार समाज

दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु

१० चैत, दाङ। करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको […]

खेलकुद मुख्‍य समाचार समाचार

आर्मीमाथि रोमाञ्चक जितसँगै हेल्प नेपाल च्याम्पियन

१० चैत्र, काठमाडौं । हेल्प नेपालले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै च्याम्पियन बनेको छ । शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा हेल्प नेपाल ३-२ ले विजयी हुँदै उपाधि जितेको हो । हेल्प नेपालले रोमान्चक खेलमा २०-२५, २७-२५, २३-२५, २९-२७, २२-२० ले जितेको हो । […]

मुख्‍य समाचार समाचार समाज

महरा छुटेकामा गृहमन्त्रीको स्पष्टीकरण : राज्यको पनि करुणा हुन्छ

१० चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताएका छन् । शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले उनलाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताएका हुन् । ‘८/१० वटा औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ, सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मधेशमा मन्त्रिपरिषद विस्तार, एमालेबाट ३ मन्त्रीले लिए शपथ

१० चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन् । शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

होली सुरक्षाका लागि काठमाडौं उपत्यकाका ९० स्थानमा चेकजाँच, ९०० बढी ट्राफिक खटिने

१० चैत, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा कडाइ गर्ने भएको छ । उपत्यकाका सडकहरूमा अधिकतम ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताए । उनका अनुसार होली पर्व मनाउने […]

मुख्‍य समाचार समाचार समाज

राजा महेन्द्रको मृत्यु भएको दियालो बंगला सर्वसाधारणका लागि खुला गरिने

१० चैत, चितवन । तत्कालीन राजा महेन्द्रको निधन भएको भरतपुर आँपटारीस्थित दियालो बंगला दरबार सर्वसाधारण नागरिकहरुका लागि खुला गरिने भएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबार आगामी वैशाख १५ गतेभित्र सर्वसाधारणका लागि खुला गर्ने गरी भरतपुर महानगरपालिका र नेपाल ट्रष्टका बीच शुक्रवार सम्झौता भएको हो । महानगर प्रमुख रेनु दाहाल र नेपाल ट्रष्टका सदस्य […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन : शेखर कोइराला

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ कोइरालाले भने । सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने […]

मुख्‍य समाचार समाचार समाज

बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा आयो

९ चैत, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले शुक्रबार चाँदबाग रेसिडेन्सीको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो । भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपालीले भने, ‘मालपोत ऐन २०३४ को […]

मुख्‍य समाचार समाचार समाज

सरकारले बनायो नयाँ मिटरब्याज जाँचबुझ आयोग, अध्यक्षमा पूर्वन्यायाधीश कार्की

९ चैत, काठमाडौं । सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग बनाएको हो । अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न बनेको आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन् । […]

मुख्‍य समाचार राजनीति

केपी ओलीले पार्टीका विभागीय प्रमुखहरुसँग छलफल गर्ने

९ चैत, काठमाडौं । नेकपा एमालेले पार्टीका विभागीय प्रमुखहरुको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा विभागीय प्रमुखहरुको बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । गौतमका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभागीय प्रमुखहरुसँग छलफल गर्नेछन् । विभागले गरिरहेको कामको रिपोर्टिङ, पार्टीलाई विभागका तर्फबाट दिइने सुझाव र नयाँ योजना […]