१२ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गोरखा–१ मा सुधन गुरूङको ८ हजार बढी मतको अग्रता

काठमाडौ । प्रतिनिधिसभा सदस्य गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ । सोमबार बिहानसम्मको मत गणना अनुसार उनले ८ हजार बढी अग्रता बनाएका छन्। गुरूङले १९ हजार २९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत पाएका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले […]

बागमती मुख्‍य समाचार विशेष समाचार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ। गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ […]

अन्तर्राष्ट्रिय खेलकुद बागमती मुख्‍य समाचार

आइसीसी टि–२० विश्वकपको उपाधि भारतलाई

काठमाडौं । आइसीसी टि–२० विश्वकपको उपाधि भारतले जितेको छ । आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जित्न सफल भएको हो । भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सिफर्टले २६ बलमा ५२ रन र कप्तान मिचेल सेन्टनरले ३५ बलमा […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान सुनसरी, २५ फागुन ः धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहनु भएका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य […]

मुख्‍य समाचार राजनीति विशेष समाचार सुदूरपश्चिम

बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत

बाजुरा । बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरुको धरौटी जफत भएको हो । बाजुरामा कुल ४३ हजार ८९६ मत सरद हुँदा धरौटी जोगाउन ४ हजार ३९० मत आवश्यक थियो। तर यी […]

बागमती मुख्‍य समाचार विचार

“नयाँ जनआदेशस् आशा, सम्भावना र चुनौती”

भर्खरै सम्पन्न निर्वाचनले देशलाई फेरि एक पटक नयाँ राजनीतिक मोडमा ल्याएको छ। जनताले आफ्नो मताधिकार प्रयोग गर्दै नयाँ नेतृत्वप्रति आशा व्यक्त गरेका छन्। वर्षौँदेखि दोहोरिँदै आएको सुशासन, विकास र पारदर्शिताको नारालाई अब व्यवहारमा उतार्ने अपेक्षा जनतामा देखिन्छ। प्रत्येक निर्वाचनपछि जनताको मनमा नयाँ आशा जन्मिन्छ—यस पटक देशले सही दिशा लिन्छ कि भन्ने विश्वास जाग्छ। तर इतिहासले […]

कोशी मुख्‍य समाचार समाचार समाज

पद्मा सिटौलाद्वारा मानवसेवा आश्रम विराटनगरलाई ७९ बोरा चामल सहयोग

विराटनगर । मानवसेवा आश्रम विराटनगर शाखाको सेवा सहजीकरणका लागि खाद्यान्न सहयोग प्राप्त भएको छ। विराटनगर ट्राफिक चोक निवासी पद्मा सिटौलाले आफ्नो जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम विराटनगर शाखालाई ७९ बोरा चामल सहयोग प्रदान गर्नुभएको छ। वरिष्ठ समाजसेवी हरिभक्त सिटौला र पद्मा सिटौलाद्वारा आश्रमको संरक्षणमा रहनुभएका आश्रितहरूको भोजनसेवा सहजीकरणमा टेवा पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो। सिटौला दम्पतीले विगत […]

बागमती मुख्‍य समाचार समाचार

जनताले साइलेन्ट विद्रोह गरे : सहमामन्त्री डा.संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले नेपाली कांग्रेसले जनताको भावना बुझ्न नसक्दा र सत्ताको वरिपरि मात्रै केन्द्रित हुँदा फागुन २१ गते सम्पन्न चुनावको परिणाम प्रतिकूल आएको स्वीकार गरेकी छिन् । ११६ औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस महिला समितिले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस अब ‘रचनात्मक […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा अमेरिकाका शहरहरुमा प्रदर्शन

एजेन्सी । इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा र युद्धविरामको आह्वान गर्न न्यूयोर्क र अमेरिकाका अन्य शहरहरूमा प्रदर्शन गरिएको छ । म्यानहट्टनको युनियन स्क्वायरमा, हजारौं प्रदर्शनकारीहरूले ‘इरानमा युद्ध बन्द गर’ र ‘इरानबाट हात हटाऊ’ लेखिएका प्लेकार्डहरू बोकेका थिए । प्रदर्शनकारीहरुले सरकारलाई देश विरुद्ध सैन्य कारबाही बन्द गर्न आग्रह गरेका थिए। ‘मलाई आशा छ कि सबै देशहरू र […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी

धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् । खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए । यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

धनुषा १ को नतिजा सार्वजनिक नगर्न आयोगको निर्देशन

जनकपुर । धनुषाको क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज रहेको अवस्थामा उनले २० हजार भन्दा बढि मत प्राप्त गरेका छन् । साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुुन ११ […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार

जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत

मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेदवार मध्ये ६ जनाको जमानत जफत भएको छ। निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन्। जिल्लामा विभिन्न नौं राजनीतिक दल र एक स्वतन्त्र गरी जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए । तर उनीहरूमध्ये आधाभन्दा […]