१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

आगलागीपछि बासबिहीन भए १३ परिवार

९ वैशाख , अर्घाखाँची । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिइन्। आगलागीबा टघरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उनले भने, “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने ।” शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उहाँको घर जलेर खरानी भएको थियो […]

मुख्‍य समाचार समाज

गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

१० वैशाख, गुल्मी । गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारलाई आफ्नै घरमा आगो लगाएको प्रहरीको भनाइ छ । आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेल बताए । […]

मुख्‍य समाचार राजनीति

कम्युनिष्ट एकताका लागि हतार गर्दैनौं : प्रचण्ड

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक कम्युनिष्ट शक्तिबीच एकता गर्न हतार नगर्ने बताएका छन् । सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले विगतमा कम्युनिस्ट एकताको नाममा हौसिँदा र हतार गर्दा एकता नटिकेको बताए । ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो […]

मुख्‍य समाचार समाचार

उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि..

१० वैशाख , गोरखा । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे । अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरे । उपचारका लागि आएका पुरुषको जाँचका क्रममा भिडियो एक्स–रे गरेर हेर्दा स्वास्थ्यकर्मी त्यतिबेला अचम्ममा परे जतिबेला उपचारका लागि आएका गोरखा नगरपालिका–३, […]

मुख्‍य समाचार राजनीति

देउवाले ओलीलाई सोधे : मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ?

१० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेका पूर्वमहासचिव मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न उठाए । ‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको […]

मुख्‍य समाचार समाज

अत्यधिक गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित

धनुषा, १० वैशाखः अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो । गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक […]

मुख्‍य समाचार राजनीति समाचार

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’

१० वैशाख , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन् । हिजो सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी […]

अर्थ समाचार

बागलुङका २५ स्थानमा तटबन्ध गरिँदै

१० वैशाख , बागलुङ । बागलुङमा यस वर्ष २५ स्थानमा तटबन्ध गर्न थालिएको छ । खोला छेउछाउका बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत तटबन्ध तथा नदी नियन्त्रण गर्न थालिएको हो । जिल्लाको सबैभन्दा बढी गलकोट नगरपालिकामा तटबन्ध गर्न थालिएको छ । यस पालिकामा सातव तटबन्धका योजना छन् […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

पश्चिम बंगालमा २४ हजार शिक्षक भर्ना खारेज : तत्कालीन शिक्षामन्त्रीले घुस लिएको आरोप

१० वैशाख, काठमाडौं । पश्चिम बंगाल सरकारले गरेको शिक्षक भर्ना कलकत्ताको उच्च अदालतले २४ हजार शिक्षकको भर्ना खारेज गरिदिएको छ ।     कलकत्ता उच्च अदालतले पश्चिम बंगाल स्कुल सेवा आयोग दारा लिएको शिक्षक भर्ना खारेज गरेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । शिक्षकको भर्ना खारेज भएसँगै पश्चिम बंगालकी मुख्‍यमन्त्री ममता बनर्जी नेतृत्वको सरकारमा ठूलो धक्का […]

अन्तर्राष्ट्रिय

पहिलो दिन निर्वाचनमा जातिय झडप भएपछि भारतका केही मतदाता मतदानमा फर्किए

१० बैशाख । काठमाडाै ।  गत साता हिंसाका कारण मतदानमा अवरोध पुगेपछि उत्तरपूर्वी भारतीय राज्यमा केही मतदान स्थलमा मतदाताहरू सोमबार कडा सुरक्षाका बीच मतदानमा फर्केका छन् । शुक्रबार राष्ट्रिय निर्वाचनमा मतदानको पहिलो दिन हतियारधारीहरूले मणिपुर राज्यका करिब तीन हजार मतदान केन्द्रमध्ये ११ को चुनावी मेसिनमा क्षति पुर्याएपछि भारतीय निर्वाचन अधिकारीहरूले ती मतदान केन्द्रको परिणामलाई रद्द […]

मुख्‍य समाचार राजनीति

अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई

१० वैशाख, काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

मुख्‍य समाचार समाचार

कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा

१० वैशाख, काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।