१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

आज रातिदेखि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

१२ वैशाख, काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ । आउने शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नं. १ ‘क’ […]

मुख्‍य समाचार समाचार समाज

महोत्तरीको मठिहानीमा भीषण आगलागी, १०० घर जले

१२ वैशाख, जनकपुरधाम । महोत्तरीको मठिहानी नगरपालिका- ६ मा भीषण आगलागी भएको छ ।   मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।   त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए […]

मुख्‍य समाचार समाचार

बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु

१२ वैशाख, दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]

अर्थ मुख्‍य समाचार समाचार

चिकित्सक अभावमा थन्किए उपकरण

१२ वैशाख, हेटौँडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञका अभावमा उपकरण थन्किएका छन् । अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् । बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नहुँदा उपकरण थन्काउन बाध्य भएको उनको भनाइ छ । उनले भने, “मुटुरोग विशेषज्ञका लागि अस्पतालले खुलाएको विज्ञापनमा […]

खेलकुद समाचार

राष्ट्रिय क्रिकेटः गण्डकी प्रदेश विजयी

१२ वैशाख, काठमाडौँ । गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई आज चार विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशीले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य गण्डकीले १९ दशमवल पाँच ओभरमा छ विकेट गुमाउँदै पूरा गर्‍यो । गण्डकीका लागि दिनेश बुढामगरले सर्वाधिक ३३ रनको योगदान दिए भने […]

मुख्‍य समाचार समाज

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

१२ वैशाख , भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्र्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो । प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट २०८० भदौ महिनामा पक्राउ पुर्जी जारी भएको थियो । खोजी गर्ने […]

मुख्‍य समाचार राजनीति

मौन अवधि मनि अवधि नहोस्ः गृहमन्त्री लामिछाने

१२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका छन् । १५ बैशाखमा हुने उपनिर्वाचनका लागि आज मध्यरातबाट मौन अवधि सुरु हुँदैछ । गृहमन्त्री लामिछानेले इलाममा भएको चुनावी सभामा मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई चेतावनी दिए । ‘मौन अवधि भनेको मनि […]

समाचार समाज

धनकुटाको कोसेली नरिवल बिस्कुट

१२ वैशाख, धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीको रुपमा लैजान पनि सक्नुहुन्छ । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा किन्ने गरेका छन् । त्यसो त धनकुटामा उत्पादित नरिवल बिस्कुटको इतिहास ७० वर्ष पुरानो हो । […]

मुख्‍य समाचार समाज

लू’बाट बच्न आग्रह

१२ वैशाख , काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ । […]

मुख्‍य समाचार समाचार

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु

१२ वैशाख , काठमाडौँ । काठमाडौँ–विद्युतीय सवारी (इभी) -यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले -यालीको उद्घाटन गरे । आज बिहान इभी -याली आयोजना गरी विद्युतीय सवारी प्रवद्र्धन र […]

समाचार

सामुदायिक विद्यालय सुधार गर्दै कृष्णपुरका अभिभावक

१२ वैशाख , कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय अभिभावक नै अग्रसर हुन थालेका छन् । सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी भए पनि सोअनुसार प्रतिफल प्राप्त हुन नसकेको भन्दै अभिभावक विद्यालय सुधारका लागि अग्रसर हुन थालेका हुन् । धेरै अभिभावकले त निजी विद्यालयमा पढ्दै आएका आफ्ना नानीबाबुलाई छुटाएर सामुदायिक विद्यालयमा […]

मुख्‍य समाचार राजनीति

स्वदेश फर्किए कतारका राजा

१२ वैशाख, काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।   दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे ।   सो अवसरमा नेपाली सेनाको […]