३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

घले र भुझुङ गाउँ जोड्ने सडक कालोपत्र

२९ वैशाख, गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि घलेगाउँतर्फ कालोपत्र गर्न सुरु गरिएको हो । बागलुङपानी–घलेगाउँ जोड्ने १० किमिमा कालोपत्र र घलेगाउँदेखि मस्याङ्दी गाउँपालिका–१ हुँदै क्व्होलासोथार–४ भुजुङ जोड्ने सात किमि […]

मुख्‍य समाचार राजनीति

प्रचण्ड, ओली र देउवाको कठपुतली बन्दै कोशी सरकार

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको इशारामा नाचीरहेका प्रदेश सभाहरुले पार्टी प्रमुखहरुसँग आत्मसमर्पण गरेकैले प्रदेश सरकार जसको नेतृत्वमा बनेपनि जनविश्वास आर्जन गर्ने हैसियत भने गुमाउँदै गएको छ ।

मनोरन्जन समाचार समाज

ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने

२९ वैशाख, काठमाडौँ । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ । निलहिरा समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी जेठ ३ गते प्रतियोगिता गर्न लागिएको समाजका सदस्य सिम्रन शेरचनले जानकारी दिए । यौनिक तथा अल्पसङ्ख्यक समुदायको घृणाविरुद्धको दिवस पारेर समाजले प्रतियोगिता […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन

२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् । उनले निष्पक्ष रुपमा र […]

मुख्‍य समाचार समाचार समाज

मकालु चढेर फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

२९ वैशाख, किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । मकालु हिमाल आरोहण गरी फर्कने […]

मुख्‍य समाचार राजनीति

कांग्रेस लोकतान्त्रिक होइन, सत्ता स्वार्थमा डुबेको पार्टी हो : केपी ओली

२९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेस सत्ता स्वार्थमा डुबेको पार्टी भएको आरोप लगाए । ‘नेपाली कांग्रेस आफू लोकतान्त्रिक शक्ति, होइन, सत्ता रुवार्थमा चुर्लुम्म भएको शक्ति हो’, उनले भने । कांग्रेसले संसदमा […]

मुख्‍य समाचार राजनीति

कांग्रेसको निष्कर्ष : सरकार संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भयो

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको निष्कर्ष निकालेको हो । बैठकबारे जानकारी दिंदै महामन्त्री गगन थापाले भने, ‘जसरी भए पनि संसद […]

मुख्‍य समाचार

हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नगाभ्न चेतावनी

२९ वैशाख, मकवानपुर । मकवानपुरका विभिन्न आठ राजनीतिक दलले बागमती प्रदेश सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न गरिरहेको तयारीबाट पछि नहटे सडक सँगै सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपाले संयुक्त […]

मनोरन्जन

एनक्लेक्स ‘नेपाल मिस नेपाल पिस २०२४’ को फाइनल जेठ पाँच गते हुने

२९ वैशाख, काठमाडौं । नर्सिङ सुन्दरीहरुको सहभागिता रहने एकमात्र सौन्दर्य प्रतियोगिता ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ का २४ सुन्दरीले राजधानीमा आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । यो प्रतियोगिताको फिनाले आगामी जेठ ५ गते राजधानीमा हुँदैछ । ट्यालेन्ट राउन्ट अन्तर्गत उनीहरुले नृत्य, गायनसहित विभिन्न प्रतिभा देखाएका हुन् । ट्यालेन्ट राउण्डमा कोरियोग्राफर रोशन गहतराज, सह-प्राध्यापक डा. […]

राजनीति

कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा जारी

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको छ । संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेको पदाधिकारी बैठक बसेको हो । बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरू पनि सहभागी भएका छन् । पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति […]

राजनीति

जीबी राईलाई यसअघिको सरकारले भगाएको हो

२९ वैशाख, काठमाडौं । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । चितवनमा आज बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले प्रतिप्रश्नसहित जवाफ दिए, ‘ नियन्त्रणमा लिन प्रयास भइरहेको […]

मुख्‍य समाचार समाचार समाज

१० जना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

२९ वैशाख, सोलुखुम्बु। यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए । कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रुट फिक्सिङ’ […]