३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कार्की

३१ वैशाख, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको हो । यसअघिका प्रहरी डीआईजी भीमप्रसाद ढकाल एआईजीमा बढुवा भएर मानव स्रोत विभागमा बढुवा भएपछि कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो ।

राजनीति

सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल सुरु भएको छ । शीर्ष तहका तीन नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल जारी छ । चितवनबाट फर्किए लगत्तै सत्ता गठबन्धनका तीन दलबीच छलफल सुरु भएको हो । तीन दलको छलफलपछि प्रधानमन्त्री […]

मुख्‍य समाचार राजनीति

भोलि नीति तथा कार्यक्रम अप्ठेरोमा सरकार, धर्मसंकटमा प्रतिपक्ष

३१ वैशाख, काठमाडौं  । जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ । संसद सचिवालयले भोलि अपरान्ह्र ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने तालिका प्रकाशन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै […]

मुख्‍य समाचार

सात करोड ६५ लाख कारोबार गर्दै सकियो व्यापार मेला तथा महोत्सव

३१ वैशाख, काठमाडौं  । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि पाँच दिन चलेको घरेलु उद्योग महोत्सवमा दुई लाख ५३ हजार अवलोकन कर्ताहरुले अवलोकन गरेका छन् । महासंघका अध्यक्ष […]

मुख्‍य समाचार

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन

३१ वैशाख, काठमाडौं । प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । उनी निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका छन् । इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर […]

अर्थ मुख्‍य समाचार

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

३१ वैशाख, काठमाडौं ।साताको दोस्रो दिन आज सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ । परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ विन्दुमा पुगेको छ । ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ । सेयर बजार आइतबारका तुलनामा उत्साहजनक देखिएको छ । आइतबार ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा […]

मुख्‍य समाचार राजनीति

समाचार टिप्पणीः किन सिंहदरबारबाट सडकमा पुगे उपेन्द्र

३१ वैशाख, काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनसँग ग्रहगोचर नमिलेपछि सत्ताबाट सडकमा झरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्त्रीपरिषदका सदस्य यादवलाई सत्ता छाड्न निर्देशन दिएपछि यादवले उपप्रधानमन्त्री पदको साँचो बुझाईसकेका छन् एमाले अध्यक्ष केपी शर्मा ओलीको पुठमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्दा यादव अनिवार्य सहयोगी थिए । उनको अभावमा गठबन्धन बन्न […]

मुख्‍य समाचार राजनीति

माधव नेपालको प्रतिवेदन : सत्ता गठबन्धन फेरिन सक्छ

३१ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने बताएका छन् । सोमबारदेखि सुरू पार्टीको पोलिटब्यूरो बैठकमा छलफलका लागि पेस भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले संसदभित्रका विभिन्न राजनीीतक दलहरू सम्मिलित समीकरणमा रहनु मोर्चा नभएको स्पष्ट पार्दै यसलाई तत्कालिक राजनीतिक सहकार्य मात्रै भएको तर्क गरेका छन् । तत्काल कम्युनिस्ट […]

मुख्‍य समाचार राजनीति

‘संसद्लाई सरकार जन्माउने थलोको रुपमा मात्रै प्रयोग गरियो’

३१ वैशाख, काठमाडौं । नेपाली राजनीतिका सुपरिचित नेता हुन् हृदयेश त्रिपाठी । देशको राजनीतिक परिस्थितिमा जटिलताहरु आउँदा सहजकर्ताको भूमिकामा योगदान गरेको पृष्ठभूमि छ उनको । त्रिपाठी साना र क्षेत्रीय दलहरूबाट राजनीति गर्दा पनि राष्ट्रिय राजनीतिमा चर्चामै रहे । वामपन्थी पृष्ठभूमिबाट सक्रिय राजनीति थालेका उनी ०४८ पछि निरन्तर पटक–पटक सांसद र मन्त्री बने । प्रतिनिधि सभाको […]

कोशी प्रदेस समाचार राजनीति

कोशी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

३१ वैशाख, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद […]

राजनीति

तत्काल वाम एकता सम्भव छैन : माधव नेपाल

३१ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तत्काल कम्युनिस्ट पार्टीहरूबीच वा वाम एकता सम्भव नभएको निष्कर्ष निकालेका छन् । पार्टीको जारी पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ५७ पेजको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नयाँ पार्टी गठन भएयता नेकपा गरेको प्रयासबाट एकताको सम्भावना नदेखिएको निष्कर्ष निकालेका हुन् । सोमबारदेखि सुरू पार्टी पोलिटब्युरो […]

मुख्‍य समाचार राजनीति

मंगलबारबाट सदन नियमित संचालन हुन्छ प्रधानमन्त्री

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भई भोलि(मंगलबार)बाट सदन नियमित संचालन हुने बताएका छन् । पूर्वी चितवनमा सोमबार भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए । ‘सदनको गतिरोध अन्त्य भइसकेको छैन,आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ । दलहरूबिच […]