३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

१ जेठ, नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय स्थापना हुने भएका छन् । सहरी विकास तथा खानेपानी मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालयले यहाँ डिभिजन कार्यालय स्थापना गर्न लागेका हुन् । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारीमन्त्री एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर २ (१) बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेशसभा सदस्य […]

मुख्‍य समाचार समाचार

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

१ जेठ, काठमाडौँ । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौँ आउनुअघि नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट जारी गरेको वक्तव्यमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ । यही जेठ २ र ३ गते यहाँ आयोजना हुने युरोपेली सङ्घ–नेपाल व्यापार […]

मुख्‍य समाचार

आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

  १ जेठ,काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इलाकामा मुख्यतया मौसम सफा रहने बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र […]

खेलकुद गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

वालिङमा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

१ जेठ,स्याङ्जा । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूसम्मान गरिएको हो । स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा क्लबको १६औँ वार्षिकोत्सव तथा वैशाख पञ्चमीको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताका अवसरमा पूर्वराष्ट्रिय खेलाडी तथा गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसी, गण्डकी […]

मुख्‍य समाचार राजनीति

साढे ६ हजारभन्दा बढी कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

३१ वैशाख, काठमाडौं । गत आर्थिक वर्षमा साढे ६ हजार भन्दा बढी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको गत आर्थिक वर्ष २०७९–८० को प्रतिवेदन अनुसार ६ हजार ७०५ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको हो । केन्द्रका अनुसार सात लाख ४६ हजार ४६३ जनाले सम्पत्ति […]

मुख्‍य समाचार राजनीति समाचार

नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय : ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने

३१ वैशाख, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् । सोमबार मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पदबहाली गर्दै उनले ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् । स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रीमा यादव

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरूले सोमबार नै शपथ लिएका छन् ।

मुख्‍य समाचार राजनीति

संसद खुलाउन छिट्टै निष्कर्षमा पुग्ने ओलीको आश्वासन

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद खुलाउने विषयमा छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् । सभामुख देवराज घिमिरेले सोमबार अपरान्ह ओलीसँग टेलिफोन संवाद गरेका थिए । त्यसक्रममा सभामुख घिमिरेले संसद अवरोध अन्त्य गर्न र नीति तथा कार्यक्रम प्रस्तुत हुँदा संसद सौहार्दपूर्ण हुने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । जवाफमा अध्यक्ष ओलीले […]

मुख्‍य समाचार राजनीति

सभामुख र प्रमुख प्रतिपक्षी नेताबिच फोन संवाद

३१ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाबिच भर्खरै टेलिफोन संवाद भएको छ । भोलि(मंगलबार) १ जेठमा संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा केन्द्रित रहेर दुइ नेतावीच सम्वाद भएको थाहा भएको छ । प्रमुख प्रतिपक्षी दलले सहकारी बचत अपचलनको छानविन गर्न संसदीय समिति […]

मुख्‍य समाचार राजनीति

बजेटमा समावेश गर्न राष्ट्र बैंकको ३५ बुँदे सुझाव

आगामी बजेटमा समावेश गर्न नेपाल राष्ट्र बैंकले सरकारलाई ३५ बुँदे सुझाव दिएको छ । मौद्रिक तथा वित्तीय क्षेत्र सम्बन्धी २० र सरकारी वित्त क्षेत्रका लागि १५ बुँदाको सुझाव दिएको हो । प्रतिनिधि सभाको अर्थ समिति बैठकमा सोमबार गर्भनर महाप्रसाद अधिकारीले छलफलका लागि सुझाव पेस गरेका हुन् । छलपलमा उठेका प्रश्नहरुको जबाफ दिँदै उनले वित्तीय क्षेत्र […]

मुख्‍य समाचार राजनीति

मैले संसद्‌मा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री

३१ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे संसदमा आफू बोल्न पाउनुपर्ने बताएका छन् । त्यसपछि संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने उनले बताएका छन् । सहकारी अनयमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको […]

मुख्‍य समाचार

किङ्स लन्ज पोखरामा ‘पूर्ण राई एण्ड दाजुभाईहरु’ व्याण्डका गीत

३१ वैशाख, काठमाडौं । सांगीतिक व्याण्ड ‘पूर्ण राई एण्ड दाजुभाईहरु’ले आगामी शनिबार अर्थात जेठ ५ गते पोखरास्थित किङ्स लन्जमा प्रस्तुती दिने भएको छ । पोजेटिभ भाइब्स इन्टरनेमेन्ट नेटवर्क(पीभीई)को व्यवस्थापनमा हुन लागेको कार्यक्रममा व्याण्डले आफ्ना गीत पोखरेली दर्शकमाझ सुनाउन लागेको हो । सृष्टि श्रेष्ठको व्यवस्थापकीय व्याण्डमा पुर्ण राई भोकलिष्ट, देगोसकुमार राई बशिष्ट, सुमेक योन्जन ड्रमर, सुसन […]