३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने

३ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सारिएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

मकवानपुरमा दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते

३ जेठ, बागमती । मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मकवानपुरको बागमती गाउँपालिका–४ सादेपुलस्थित धरान–चतरा सडकखण्डमा गए राति ना६६प ९३०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा उपमहानरपालिका–१३ का ४५ वर्षीय केशवप्रसाद मुडवरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी […]

मुख्‍य समाचार समाचार

गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री ओलीकै पालामा भएको हो : देउवा

३ जैठ , काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रष्ट पारेका छन् । उनले एमालेकै पालामा सो जग्गा बिक्री भएको भन्दै ओलीलाई आफ्नो पालामा गरेको निर्णयलाई हो भन्न किन नसकेको भनि उल्टो प्रश्न गरे । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

मन्त्री भण्डारीद्वारा बैतडीबाट कफीखेतीको शुभारम्भ

३ जेठ, बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा  व्यावसायिक कफीखेतीको शुभारम्भ गरेका छन् । उनले आज पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गरे । मन्त्री भण्डारीले कफीखेतीको विकास, प्रशोधन र प्रवद्र्धन गरी आयआर्जन तथा गरिबी न्युनिकरणमा ठोस उपलब्धि हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने बताए । उनले भने, “विभिन्न कृषि, वन पैदावार र […]

मुख्‍य समाचार समाचार समाज

नेपालकी श्रेया गिरी फोर्ब्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा

३ जेठ, काठमाडौं । काठमाडौंकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट छनौट भएकी छन् । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् । २८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् । लण्डनमा स्नातकोत्तर […]

मुख्‍य समाचार समाचार समाज

कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ

३ जेठ, काठमाडौं । प्रहरीले ठुलो मात्रामा लागुऔषध कोकिनसहित कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीको दाबी छ । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक लैजान लागिएको कोकिन प्रहरीले बरामद गरेको हो । पक्राउ परेका व्यक्तिहरुको विवरण र कोकिनको परिमाणबारे प्रहरीले […]

मुख्‍य समाचार राजनीति

सहकारी प्रकरणमा छानबिन समिति बनाउन एकीकृत समाजवादीको माग

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ । ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बैठकको निष्कर्ष सुनाएका हुन् । ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको […]

मुख्‍य समाचार राजनीति

ओलीको धम्कीले कांग्रेस डराउँदैन : डा.कोइराला

३ जेठ , काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्रीलाई कांग्रेसले संसदको रोस्टममा बोल्न नदिने भन्ने कुराको प्रतिवाद गरेका छन् । उनले बोल्न समय दिन्छौं भन्दा गृहमन्त्री स्वयम र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको दाबी गरे । साथै डा. कोइरालाले एमाले अध्यक्ष ओलीको धम्कीले कांग्रेस नडराउने प्रतिक्रिया पनि दिए । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक […]

मुख्‍य समाचार राजनीति समाचार

संसद अवरोध रोक्न सभामुख सक्रिय, प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल

३ जेठ , काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।   प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन् ।   सभामुखले प्रधानमन्त्री दाहालसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गरे […]

मुख्‍य समाचार समाचार समाज

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

३ जेठ, भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियाको व्यवस्था गरेको छ । उक्त अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आजदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको जानकारी दिएका छन्। उनले भने, “धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन्भने कतिपयले आर्थिक समस्याका कारण […]

मुख्‍य समाचार समाचार

दुर्व्यसनी विरुद्ध गौरादह जेसीजको नाट्य कार्यशाला

३ जेठ , झापा । झापाको गौरादह जेसीजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ । जेसीजले गौरादह नगरपालिका वडा नं १ सँगको सहकार्यमा उक्त गोष्ठी सुरु गरेको हो । दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको नभएर अन्तर्राष्ट्रिय रूपमा समस्या र चुनौतीको विषय बनिरहेको अवस्थामा नाटकमार्फत जनचेतना फैल्याउन नाट्य कार्यशाला गोष्ठी सुरु भएको  गौरादह जेसीजका […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

जुम्लामा मिनी ट्रक दुर्घटना, दुई जना घाइते

३ जेठ , मुगु । जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान करिव साढे सात बजेतिर भएको उक्त दुर्घटनामा कर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको मिनी ट्रक चालक र सहचालक दुवै जना घाइते भएका हुन् । […]