३ चैत्र २०८२, मंगलवार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

३ जेठ, कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखले चौथो अधिवेशन आह्वान गरेसँगै आज कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेश नियमावली […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

धनुषामा अपाङ्गतामैत्री संरचना नहुँदा सार्वजनिक सेवा लिन समस्या

३ जेठ, धनुषा । धनुषाका अधिकांश सरकारी कार्यालयमा अपाङ्गतामैत्री संरचना नहुँदा सार्वजनिक सेवा लिन समस्या हुने गरेको अपाङ्गता भएका व्यक्तिले गुनासो गरेका छन् । विभिन्न सार्वजनिक निकायमा सेवा लिन जाँदा समस्या हुने गरेको उनीहरूले गुनासो गरेका हुन् । विभिन्न सङ्घसंस्थामा काम गर्ने तथा सार्वजनिक निकायका सेवाग्राहीलाई अपाङ्गतामैत्री संरचना नहुँदा सास्ती हुने गरेको अपाङ्गता हुनुभएका सुनैन […]

मुख्‍य समाचार समाचार

जलवायु परिवर्तन असरको पहिलो मार नेपालले खेप्नुपर्छ : मन्त्री शर्मा

३ जेठ , काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तन सिंगो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाईलाई विश्वव्यापी एजेण्डाका रुपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरुले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएकी छिन् । बिहीबार ‘नेपाली सञ्चार माध्यममा वातावरणीय संकटका विषयमा पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले वातावरणीय […]

मनोरन्जन मुख्‍य समाचार

‘पूर्णबहादुरको सारङ्गी’मा भित्रिए तीन कलाकार

३ जेठ , काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गीमा अभिनेतात्रय विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल भित्रिएका छन् । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा यसअघि गायक तथा अभिनेता प्रकाश सपुत र अर्का अभिनेता मुकुन भुषाल अनुबन्धित भइसकेका छन् । निर्माण पक्षले तीन कलाकारको भूमिकाबारे केही खुलाएको […]

मुख्‍य समाचार समाचार

राखी सावन्तको गर्भाशयमा ट्युमर

३ जेठ , मुम्बई । बलिउडकी ‘ड्रामा क्वीन’ अर्थात अभिनेत्री तथा आइटम गर्ल राखी सावन्तलाई गर्भाशयमा ट्युमर भएको छ । उनी अहिले मुम्बईस्थित एक अस्पतालमा उपचाररत छिन् । राखीका पूर्व पति रितेश सिंहका अनुसार राखीलाई गम्भीर हृदयको समस्या भनिए पनि उनको गर्भाशयमा ट्युमर देखिएको छ । राखीलाई गत मे १४ मा अस्पताल भर्ना गरिएको थियो […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बैतडीमा हुरीबतासले विद्यालयको छाना उडायो

३ जेठ, बैतडी । हुरीबतासले बैतडीको एक विद्यालय भवनको छानो उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका–२ चिल्लेपानीस्थित सरस्वती आधारभूत विद्यालयको भवनको छानो उडाएको हो । विद्यालयको पाँचकोठे भवनमध्ये दुई कोठाको छानो हुरीबतासले उडाउँदा पूर्ण रूपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर चन्दले बताए । उनका अनुसार बाँकी तीन कोठाको छानो पनि आंशिक […]

मनोरन्जन मुख्‍य समाचार

ताप्लेजुङ पर्यटन महोत्सव सुरु

३ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा पर्यटन प्रवर्द्धनका लागि आजदेखि ‘पर्यटन महोत्सव’सुरु भएको छ । यही जेठ ७ गतेसम्म सञ्चालन हुने महोत्सवले पर्यटक प्रवर्द्धन गर्नुका साथै स्थानीय कला, संस्कृति तथा वस्तुको प्रचारप्रसार गर्ने उद्देश्य राखेको छ । जिल्ला तथा नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा, कञ्चजङ्घा, फुङफुङेलगायत पर्यटकीय स्थानको प्रचारप्रसार तथा पहिचानका लागि महोत्सव अयोजना गरिएको महोत्सव सञ्चालन […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरका सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी

३ जेठ, कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित ग्वालावारी सामुदायिक वनमा अवैधरुपले सालका रुख कटानी गरेको पाइएको छ । सालको सुकेको खडा एक र ढलापडा एक गरी दुई रुख बुधबार कटान गरी गोलिया बनाइ तस्करी गर्नका लागि ठिक्क पारिएको अवस्थामा बरामद भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए । खडा रुखबाट ११ र ढलापडा […]

अर्थ मुख्‍य समाचार समाचार

तराईको गर्मीमा पनि लटरम्म स्याउ

३ जेठ, घोडाघोडी । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन् । किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’

३ जेठ, स्याङ्जा । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पुर्‍याएर बिक्री गर्ने उनको दैनिकी निकै लामो छ । मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उनले बताए । “मौसम अनुसार […]

मुख्‍य समाचार समाचार

नेपालमा विद्युतीय सवारी साधनको प्रमोशन गर्नुपर्छ : कुलमान घिसिङ

३ जेठ , काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ले नेपालमा विद्युतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको बताएका छन् । विहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उनले विद्युतीय सवारी साधनले नेपालमा राम्रो प्रमोशन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘भन्सारलगायतका विषयहरु छन् त्यसमा सहजीकरण हुन्छ नै भन्ने मलाई लाग्छ । […]

मुख्‍य समाचार समाचार समाज

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै

३ जेठ, धनुषा । तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेको छ । तराई–मधेस क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो । चैतदेखि सुरू भएको चापाकल सुक्ने समस्या वैशाखसम्ममा विकराल बनेको छ । चापाकल सुक्ने समस्या पछिल्ला दिन बढ्दै गएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकालगायत स्थानीय तहले बढी सङ्कट देखिएका […]