३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

संसद्‌मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने

५ जेठ , काठमाडौं । संसदमा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् । प्रधानमन्त्री दाहालले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित भएको थियो । आज प्रधानमन्त्री दाहालको निमन्त्रणामा कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा छन् […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

५ जेठ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सीप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। “माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको […]

अर्थ मुख्‍य समाचार

घट्यो डलर, पाउण्ड र युरोको भाउ

५ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर शुक्रबारको तुलनामा घटेर आएको छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ […]

मुख्‍य समाचार विचार

लोकतन्त्रमा नेताबाट किन शासित हुँदैछन् जनता ?

विश्वमा प्रचलनमा रहेका व्यवस्थाहरू मध्ये सबैभन्दा बढी प्रचलनमा रहेको लोकप्रिय शासन व्यवस्थाका रूपमा लोकतान्त्रिक शासन व्यवस्थालाई अङ्गिकार गरिएको छ । लोकतन्त्र आफ्नै हिसाबले परिभाषित र व्याख्या गर्ने परम्पराको विकास भएको तर व्याख्या र परिभाषाहरु जे जस्ता भएपनि यसको मूल मर्म भनेको डेमोक्रेसी व्यक्तिगत स्वतन्त्रता, बहुलवाद, बहुसंख्यकको शासन तथा अल्पसंख्यकहरूको अधिकार र सम्मान हो । मुलत […]

मुख्‍य समाचार समाचार समाज

यी ४ प्रदेशमा वर्षाको सम्भावना, तराईमा अत्याधिक गर्मी

५ जेठ , काठमाडौं ।  आज देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका […]

मुख्‍य समाचार समाचार समाज

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई तीनै तहका सरकारले नियन्त्रण गर्न खोजे’

४ जेठ, काठमाडौं । तीनवटै तहका सरकारले तयार गरेका मिडिया सम्बन्धी नीति तथा कानुनहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रिण गर्न खोजेको सरोकारवालाहरूले बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन केन्द्रीय समिति र एफइएसको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित ‘ मिडिया, कानुन र श्रमजीवी पत्रकारहरूमा यसको प्रभाव’ विषयक कार्यशाला गोष्ठीमा सरोकारवालाहरूले स्थानीय, प्रदेश र संघीय सरकार जसरी […]

मुख्‍य समाचार समाचार समाज

१० महिनामा ५ हजारभन्दा बढी डढेलो

४ जेठ, काठमाडौँ । करिब १० महिनाका अवधिमा ५ हजार एक सय ३० वटा डढेलो सम्बन्धी घटना भएको छ । वन तथा भू–संरक्षण विभागको तथ्याङ्कानुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को साउनयताको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी यस वर्ष वैशाखमा डढेलोको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

काेशी प्रदेश : मन्त्री र राज्यमन्त्रीले लिए सपथ

४ जेठ, विराटनगर । काेशी प्रदेश सरकारमा थपिएका मन्त्री र राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । शुक्रबार नियुक्त पाँच मन्त्री र दुई राज्यमन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट सपथ ग्रहण गरेका हुन् । शुक्रबार आर्थिक मामिला तथा याेजना मन्त्रीमा राम राना, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, आन्तरिक मामिला तथा […]

मुख्‍य समाचार राजनीति

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय

४ जेठ, काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् सदस्यहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहिले मन्त्री रहेकामध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन राज्यमन्त्री हसिना खानबाहेक सबैले सम्पत्ति विवरण समेत बुझाएका छन् । सामान्यतयाः मन्त्री भएको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कोशी प्रदेशमा ५ मन्त्री र दुई राज्यमन्त्री थपिए

४ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन् । २७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री थपेर कार्यविभाजन समेत गरिएको छ । शुक्रबार एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लिलावल्लभ अधिकारी मन्त्री नियुक्त भएका छन् […]

मुख्‍य समाचार

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

४ जेठ, काठमाडौँ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम […]

मुख्‍य समाचार राजनीति

संसद् भवन अगाडिको फुटपाथमा हिंड्न रोक

४ जेठ, काठमाडौं । प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवन बाहिरको फुटपाथमा हिंड्न रोक लगाएको छ । शुक्रबार बिहान संसद् भवन बाहिर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको थियो ।   जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले संसद् भवन अगाडि प्रर्दशन गर्न लागेकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको जानकारी […]