५ चैत्र २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाज

दैनिक चार मेगावाट बिजुली भारत निर्यात सुरु

१७ जेठ , काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो । वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतमा पुन विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको […]

मनोरन्जन मुख्‍य समाचार

सनी देओलमाथि धोकाधडी र पैसा असुलेको आरोप

१७ जेठ , मुम्बई । फिल्म ‘गदर २’बाट कमव्याक गरेपछि अभिनेता सनी देओलको हातमा फिल्मको लाइन नै छ । उनी एक–एक गर्दै फिल्मको सुटिङ पुरा गरिरहेका छन् । यही बीचमा निर्माता सौरभ गुप्ताले सनीविरुद्ध धोकाधडी, झुठो बोलेको र जबरजस्ती पैसा असुलेको आरोप लगाएका छन् । उनले हालै एक पत्रकार सम्मेलन गर्दै सनीमाथि यस्तो आरोप लगाएका […]

अर्थ मुख्‍य समाचार

तीनतहका सरकारको झण्डै ९६ अर्ब बेरुजु

१७ जेठ , काठमाडौं । तीनतहका सरकार र संगठित संस्थाहरुले गरेको आर्थिक कारोबारको लेखापरीक्षणहुँदा९५ अर्व ६० करोड रुपैंया बेरुजु देखिएको देखिएको छ । महालेखा परीक्षकले सङ्घीय तथाप्रदेश सरकारी निकाय र स्थानीयतह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको लेखापरीक्षणगर्दा यति बेरुजु देखिएको उल्लेख गरेको छ । यस वर्ष७८ खर्व ८१ अर्ब ६० करोडको लेखापरीक्षणगरिएकामा३ हजार २७७ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

नावालिग करणीको अभियोगमा पक्राउ

१७ जेठ , म्याग्दी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई  प्रहरीले पक्राउ गरेको छ । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिङ्गातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीको प्रतिवद्धता  : रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउछौं

१७ जेठ , विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् । श्रमाधान रोजगार मेलालाई विहीबार विराटनगरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताए । ‘वैदेशिक रोजगारीबाट […]

मुख्‍य समाचार समाज

सुर्खेत जिप दुर्घटना : मृतक चारै जनाको सनाखत

१७ जेठ, सुर्खेत । सुर्खेत जिप दुर्घटनामा परी ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । कालिकोट शुभ कालिका गाउँपालिका-३, का ४० वर्षीय तन्त बि.क., साेही ठाउँका १७ वर्षीय बिरेन्द्र बि.क, २७ वर्षीय नवराज बि.क. […]

मुख्‍य समाचार राजनीति

चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने : मन्त्री भण्डारी

१७ जेठ, कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजेटले चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने बताएका छन् । प्रेस चौतारी नेपाल, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले खासगरी राष्ट्रिय गौरवका आयोजना र अरु रणनितिक महत्वका पूर्वाधार क्षेत्रका कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताए । मूल रुपमा यतिखेर बजेट कार्यान्वयनका जटिलता पहिल्याएर सरकार […]

मुख्‍य समाचार समाज

इस्लामावादमा पनि बुद्धजयन्ती मनाइयो

१७ जेठ, इस्लामावाद । दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा गत मङ्गलबार पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपालको राजदूतावासमा एक कार्यक्रमको आयोजना गरी शान्तिका अग्रदूत भगवान् गौतमबुद्धका वाणीको परिचर्चा गरियो । नेपाल र पाकिस्तानका बौद्ध भिक्षुका साथै पाकिस्तानी नागरिकको उपस्थितिमा भएको उक्त कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले अहिंसा, दया, करुणा, समभाव एवं सम्यक ध्यानजस्ता […]

अर्थ मुख्‍य समाचार

बजेट सन्तुलित छ : अध्यक्ष अग्रवाल

१७ जेठ , काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आर्थिक वर्षको बजेट सन्तुलित किसिमको आएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित बजेटमा समावेश भएका विषयहरूमाथिको अन्तरक्रियामा उनले बजेटमा आर्थिक सुधार कार्यक्रम अघि बढाउन एक उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने घोषणा गरेको भन्दै बजेट सन्तुलनमा रहेको बताए । उनले भने, ‘बजेट […]

अर्थ मुख्‍य समाचार समाचार समाज

अर्थमन्त्रीको दाबी : ‘ढुक्क हुनुस, बजेट अनुसारकै मौद्रिक नीति आउँछ’

१७ जेठ , काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रम र बजेट अनुसारकै आगामी आर्थिक–मौद्रिक नीति आउने दाबी गरेका छन् । उनले बजेटको स्वीकार्यता बढेको पनि उल्लेख गरेका छन् । आफूले सार्वजनिक प्रतिवद्धता अनुसार नै बजेट ल्याएको बताएका अर्थमन्त्री पुनले बजेटमा सबै नीति तथा कार्यक्रम समेटिएको र अब आउने मौद्रिक नीतिले पनि बजेटलाई रिफ्लेक्ट […]

मुख्‍य समाचार समाज

दरवन्दी अनुसार कर्मचारी नहुँदासमस्या, एउटै कामका लागि हप्तादिन लाग्ने

१७ जेठ , रौतहट । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा दरवन्दी अनुसारको कर्मचारी नहुँदासेवा प्रवाहमा समस्या भएको छ । कार्यालयमा एक उप–सचिव, दुई शाखा अधिकृत, पाँचसुव्वा , खरदार र कम्युटर अपरेटरलगायतको दरवन्दी कायम रहेको भएपनि सो अनुसार नहुँदा समस्या भएको हो । नागरिकता तथा नगरिकताको प्रतिलिपी लिनका लागि पनि पाँचदेखि सात दिनसम्म लाग्ने गरेको गुनासो आएको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बजेट पूर्ण कार्यान्वयन भएमात्र व्यवसायीको मनोबल उच्च हुन्छ : अध्यक्ष ढकाल

१७ जेठ ,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बजेटको मार्गनिर्देशन पूर्ण कार्यान्वयन गरेमात्र व्यवसायीको मनोबल उच्च हुने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग काठमाडौंमा गरेको अन्तरक्रियामा निजी क्षेत्रले दोस्रो चरणको आर्थिक सुधार चाहेको र त्यो बजेटमा सम्बोधन भएको उनले […]