११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

बस दुर्घटना हुँदा १३ जना घाइते

२६ साउन, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका(३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेको मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो । सवारी दुर्घटनामा परी घाइते भएकाहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँकानुसार करिब एक सय […]

मुख्‍य समाचार राजनीति समाचार

‘पेटभरी खान नपाएर बालबालिका रोएको देख्दा आँसु आउँछ, म कसरी भ्रष्टाचार गर्न सक्छु’

२६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रको सम्पत्ति दुरुपयोग नगर्ने बताएका छन् । शनिबार लायन्स क्लबले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उद्देश्य मुलुकको गरिबी घटाउने र सुव्यवस्था दिनेमा रहेको बताए । नेपालका २० प्रतिशत मानिसहरू अझै गरिबीको रेखामुनि रहेको र उनीहरूले आफ्नो छोराछोरीलाई पेटभरि खान दिन नसक्ने अवस्था रहेको ओलीले बताए […]

राजनीति समाचार समाज

द्वन्द्वकालमा बलात्कारका दोषीलाई सजायमा कुनै छुट हुँदैन : गृह मन्त्री लेखक

२६ साउन, काठमाडौं । गृह मन्त्री रमेश लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने बताएका छन् । गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जाल नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितको सहभागिता’ विषयक कार्यक्रममा बलात्कार घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने बताए […]

मुख्‍य समाचार राजनीति समाचार

कुलमानको समर्थनमा प्रदर्शन, हटाए आन्दोलन गर्ने चेतावनी

२६ साउन, काठमाडौं । नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा नागरिकहरुले प्रदर्शन गरेका छन् । शनिबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म उनीहरुले र्‍याली समेत निकाले । उद्योगबाट बक्यौता उठाउने विषयमा हाल घिसिङमाथि सरकारले दबाब दिइरहेको छ । उनलाई यही बहानामा हटाउने समेत तयारी भएको छ । घिसिङ जसरी पनि बक्यौता उठाउने पक्षमा छन् भने सरकारले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

मोदीको सन्देश बोकेर भारतीय विदेशसचिव आइतबार नेपाल आउँदै

२६ साउन, काठमाडौं । भारतका नवनियुक्त विदेशसचिव विक्रम मिश्री आइतबार औपचारिक नेपाल भ्रमणमा आउँदै छन्। परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी आउन लागेका हुन्। दुई विदेशसचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले शुक्रबार बिज्ञप्तीमार्फत औपचारिक जानकारी दिएको छ । भारतका विदेशसचिव मिश्रीले नेपालका उच्चपदस्थ व्यक्तिसँग पनि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बङ्गलादेशका कारागारमा झडप हुँदा १२ कैदीबन्दीको मृत्यु

२६ साउन, ढाका ।  पूर्वप्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा १२ जना कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । देशको राजधानी ढाकाको उत्तरमा रहेको दुबै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक शृङ्खला हो। आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी […]

मुख्‍य समाचार समाचार समाज

कृषि फार्ममा क्षति

२६ साउन, काठमाडौँ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्‍याएको छ । अन्नपूर्ण-२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाई कृषि तथा पशुपन्क्षी फार्ममा क्षति भएको हो । गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठ सय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूर्ण-२ वडाध्यक्ष […]

मुख्‍य समाचार समाचार समाज

३९ जनाद्वारा नेपाली नागरिकता परित्याग

२६ साउन, काठमाडौँ । स्याङ्जामा आर्थिक वर्ष २०८०/०८१ मा ३९ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा ३२ पुरुष र सात महिला रहेका छन् । नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै १० जना अमेरिकी नागरिकता र १० जना अस्ट्रेलियन नागरिकता प्राप्त गरेका छन् । हङकङमा छ, बेलायतमा चार, जर्मनमा तीन, न्यूजील्यठ […]

मुख्‍य समाचार समाज

नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता

२६ साउन, काठमाडौँ ।चितवनको नारायणी नदीको पुलबाट हाम फालेर शनिबार मध्याह्नमा एक पुरुष बेपत्ता भएका छन् । शनिबार मध्याह्न १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । बेपत्ता भएका पुरुष अन्दाजी २५/३० वर्षको भएको उहाँले बताउनुभयो । बेपत्ता पुरुषको पहिचान खुलेको […]

मुख्‍य समाचार समाचार

बांङ्गलादेशका प्रधान न्यायाधीशले दिए राजीनामा

२६ साउन, काठमाडौँ । बांङ्गलादेशका प्रधान न्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बांङ्गलादेशको पत्रिका द डेली स्टारले जनाएको छ । ‘हाम्रा प्रधान न्यायाधीशले केही मिनेट अगाडि राजीनामा दिनुभएको छ । उहाँको राजीनामा पत्र कानून मन्त्रालयमा आइसकेको छ । हामी यो पत्र ढिला नगरी राष्ट्रपति […]

मुख्‍य समाचार समाचार

टिचिङ हस्पिटलको छतबाट हाम फालेर युवाको मृत्यु

२६ साउन, काठमाडौं । टिचिङ हस्पिटलस्थित मनमोहन कार्डियो थेरसिस नयाँ भवनको छैटौं तलाबाट हाम फाली एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर ४ बस्ने वर्ष २१ को स्वरूपराज आचार्य रहेका छन् । आचार्यले आज दिउँसो करिब ३ बजे भवनको छैटौं तलामा रहेको एस क्याफेको छतको रेलिङ बाट हाम फालेका थिए । हाम फालेर गम्भीर […]

राजनीति समाचार

रोजगारीको अवसर नहुँदा युवाहरु पढ्न देश बाहिर जान थाले: शिक्षामन्त्री भट्टराई

२६ साउन,  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरु पढ्न देश बाहिर जाने परिस्थिति सिर्जना भएको बताएकी छन् ।काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसियसन नेपालको पाँचौं साधारणसभा शनिबार उद्घाटन गर्दै मन्त्री भट्टराईले उक्त कुरा बताएकी हुन् । ‘विद्यार्थीहरु पढ्न बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभई ज्ञानपछिको रोजगारीको […]